१९ वर्षमुनिको विश्वकप : बंगलादेशसँग पराजित, भोली भारतको सामना गर्दै नेपाल
काठमाण्डौं । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकामा बुधबार भएको सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका लागि अरिफुल इस्लामले अविजित ५९ र जिशान आलमले ५५ रन बनाए ।
नेपालका लागि सुवास भण्डारीले ८ ओभरमा ४४ रन खर्चेर ५ विकेट लिए पनि जितको लागि पर्याप्त हुन सकेन । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ४९ ओभर ५ बलमा १ सय ६९ रनमा अलआउट भएको थियो ।
नेपालका लागि विशाल विक्रम केसीले ४८ र कप्तान देव खनालले ३५ रनको योगदान गरे। सुवास भण्डारी १८ रनमा अविजित रहे। अर्जुन कुमालले १४ रन जोडे । अरु ७ खेलाडीले दोहोरो अङ्क लिन सकेनन् ।
बंगलादेशी बलरले नेपाललाई ३१ रन अतिरिक्त दिएका थिए । बंगलादेशका लागि रोहानत दौल्लाह बोर्सनले ४ र शेख पभिज जिबोनले ३ विकेट लिए । अब नेपालले शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
