Jankari Kendra
२६ भाद्र २०८३, शुक्रबार
Worldlink

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, १८
बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बाँसबारी छाला जुत्ता’ उद्योगको जग्गा प्रकरणमा उनलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।

चौधरीलाई निवासबाटै पक्राउ गरिएको हो । सीआईबी स्रोतका अनुसार चौधरीसँगै अजितनारायण थापालाई पनि पक्राउ गरिएको छ। बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी ग्रुपले नियमविपरीत गएर निजी बनाएको विषयमा छानबिन गर्न उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो ।

Top Changing Nepal

युट्युब सट्स