Jankari Kendra
२६ भाद्र २०८३, शुक्रबार
Worldlink

आज बुहारी भित्र्याउँदै देउवा दम्पती, भोज अर्को महिना हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, २१
आज बुहारी भित्र्याउँदै देउवा दम्पती, भोज अर्को महिना हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा आज बिवाह बन्धनमा बाँधिदै छन् । उनले प्रेमिका शिवाना श्रेष्ठसँग आज लगनगाँठो कस्न लागेका हुन् ।

विवाह बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुने भए पनि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ । उक्त भोटमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको बताईएको छ ।

विवाहमा फूल माला, खादा र उपहार भने नल्याउन निम्तालुलाई आग्रह गरिएको छ । आज विवाह गरे पनि प्रिति भोज भने २ फागुनमा आयोजना हुने छ । गत १९ जेठमा जयवीर र गायिकासमेत रहेकी शिवानीले इन्गेजमेन्ट गरेका थिए ।

Top Changing Nepal

युट्युब सट्स