Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

साफ यु–१९ महिला च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, माघ, २३
साफ यु–१९ महिला च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने

काठमाडौँ । साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले लिगको अन्तिम खेलमा भारतको सामना गर्दैछ । खेल बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

यसअघि भएको दोस्रो खेलमा भुटान विरुद्द नेपाल १-० गोल अन्तरले विजयी भएको थियो । उक्त खेलमा नेपालका तर्फबाट सेनु परियारले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । एक खेलमा हार र एकमा जित निकालेको नेपाल फाइनलमा पुग्ने लक्ष्य सहित मैदानमा उत्रिदैछ। २ खेल खेलेको नेपालको मात्र ३ अंक छ ।

प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेश, भारत र भुटानले सहभागिता जनाएका छन् । सहभागी चार टोली मध्ये शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

Top Changing Nepal

युट्युब सट्स