‘सन्दीप हाम्रो शान हुन्’ भन्दै त्रिवि मैदानमा दर्शकको हुटिङ, २ जना प्रहरी नियन्त्रणमा
जानकारी केन्द्र
२०८०, माघ, २५
काठमाडौं । नेपाल र क्यानडाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जारी छ । कीर्तिपूरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ ।
नेपालले ४७ ओभरको खेल चलिरहँदा ७ विकेट गुमाएको नेपालले २०४ रन जोडेको छ । नेपालको ब्याटिङ चलिरहँदा मैदान बाहिर सन्दीप लामिछानेको पक्षमा दर्शकले हुटिङ गरेपछि केहीबेर खेल रोकिएको छ ।
‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै दर्शक दिर्घाबाट हुटिङ भएपछि प्रहरीले हस्तक्षप गर्यो । दर्शकले बोकेका केही ब्यानर पनि प्रहरीले खोसेको छ । केहीबेर तनावको अवस्था सिर्जना भएको थियो ।
सन्दीप बलात्कारको मुद्दामा परेपछि हाल टिम बाहिर रहेका छन् । सन्दीपको शानदार प्रदर्शनको कारण नेपालले गएको एक वर्षको क्रिकेटमो ठूलो फड्को मारेको थियो ।



सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

