राजीनामा फिर्ता लिएका डीआईजी अर्जुन चन्दको सरुवा
काठमाडौं । नेपाल प्रहरीका डीआईजी अर्जुन चन्दको सरुवा भएको छ। त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख रहेका चन्दको प्रदेश समन्वय विभागमा सरुवा भएको हो ।
माघ २१ मा अन्तर्राष्ट्रिय विमानस्थलतर्फको डिपार्चरको वाक थ्रु (एक्स–रे) गेटमा अध्यागमनका अधिकृत छायाँलाल मोक्तान र जाँचमा खटिएका प्रहरी जवान रविरन्जन गुप्ता, प्रहरी सहायक निरीक्षक संजय तामाङसहित तीन प्रहरी कर्मचारीसँग लात्तामुक्का भएको थियो ।
सोही विषयलाई लिएर असन्तुष्ट रहेका चन्दले पदबाट राजीनामा दिएका थिए । तर, प्रहरी प्रधान कार्यालय नक्सालले रीत नपुगेको भन्दै तामेलीमा राखेको थियो । पछि प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवरले सम्झाएपछि उनले राजीनामा फिर्ता लिएका थिए । राजीनामा फिर्ता लिएका रिजाल १० दिनका लागि बिदामा बसेका थिए ।
त्यसको केही दिनमै उनलाई सरुवा गरिएको हो। डीआईजी चन्दलाई विमानस्थल प्रमुखका रुपमा खटाउँदा पनि काजमै सरुवा गरिएको थियो। उनको दरबन्दी भने त्यतिबेला पनि साइबर ब्यूरो मै थियो। अहिले पनि दरबन्दी साइबर ब्यूरोमै राखेर काजमा प्रहरी प्रधान कार्यालय लगिएको हो।
सम्बन्धित समाचार
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल