पूर्वराजा ज्ञानेन्द्र सपरिवार चितवन प्रस्थान ,दुर्गा प्रसाई तनावमा
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईको आन्दोलनलाई छल्दै पूर्वराजा ज्ञानेन्द्र शाह चितवन प्रस्थान गरेका छन् । झण्डै २ हप्ताका लागि पूर्व राजा शाह चितवन लागेको स्रोतले जनाएको छ ।
राजसंस्था फर्काउने उद्घोषसहित आन्दोलनको घोषणा गरेका प्रसाईंले फागुन १ गते पूर्व राजा शाहकै हातबाट दीप प्रज्वलन गराएर आन्दोलन थाल्ने यसअघि नै घोषणा गरेका थिए । तर, प्रसाईंको आन्दोलनको पूर्वसन्ध्यामा सपरिवार पूर्व राजा चितवन लागेपछि प्रसाईं जिल्लिएका छन् ।
प्रसाईंले गत वर्षको फागुनमा पूर्व राजाकै उपस्थितिमा मेची पूलबाट राजसंस्था फर्काउने उदघोष गरेर अभियान चलाउँदै आएका थिए । प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, नागरिक र धर्म बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईंले केही दिनअघि पूर्वराजालाई बिन्तीपत्र पठाउँदै अभियानमा सहभागी हुन आग्रह गरेका थिए ।
सुरुआतमा प्रसाईं नेतृत्वको आन्दोलनले केही हौसियका पूर्व राजपरिवार हाल भने सशंकित बनेको स्रोतको दाबी छ । प्रसाईले राजसंस्था पुनसर््थपनाको नाममा आफ्ना व्यक्रिगत एजेण्डासमेत घुसाएको बुझेपछि पूर्व राजा झस्किएका हुन् । नेपाला राजसंस्थाको बलियो मुद्दा उठाउँदै आएको राप्रपा पनि प्रसाईंको अभियानबाट सन्तुष्ट छैन् ।
राप्रपाका नेताहरुसँग निरन्तर भेटघाट गरिरहने पूर्व राजा शाहले राप्रपाकै नेताहरुको सल्लाहमा प्रसाईंको अभियान छलेर चितवन लागेको हुन्सक्ने आशंका गरिएको छ । पूर्वराजानिकट स्रोतका अनुसार पूर्वरानीको जन्मोत्सव उतै मनाउने गरी पूर्वराजा दम्पती चितवन गएका हुन् । उनका लागि पटिहानीको सोल्टी होटलमा केही कोठा बुक गरिएको छ।
पूर्व रानी कोमलको जन्मदिन फागुन ७ गते हो । पूर्व राजपरिवार फागुन ७ सम्मनै चितवनमा बस्ने बताईएको छ ।
सम्बन्धित समाचार
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह