क्यानडासँगको सिरिजबाट एकदिवसीय क्रिकेटमा डेब्यू गरेका सूर्य, रिजन, हेमन्त र आकाशको प्रदर्शन कस्तो रह्यो ?
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको नेपाल र क्यानडाबीचको सिरिज नेपालले क्लिन स्विप गरेको छ । क्यानडालाई ७ रन,४ विकेट र ९ विकेटले हराउँदै तीन खेलको श्रृंखला नेपालले कब्जा जमाएको हो ।
पहिलो खेलमा क्यानडाविरुद्ध अन्तिम समयमा कप्तान रोहित पौडेलले खेलमा उलटफेर ल्याएपछि ७ रनको रोमाञ्चक जित नेकालेको नेपालले दोस्रो खेलमा ४ विकेटकबो सहज जित निकालेको थियो । आजको अन्तिम खेलमा भने नेपालले कीर्तिमानी साझेदारी र शतकसँगै शानदार जित निकालेको छ ।
क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे । दुवैले शतक प्रहार गरे । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई भीम र अनिलले जितसम्म डोहोर्याए ।
अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । कुशल भुर्तेलले १३ रनको योगदान दिएका थिए । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो ।
क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरेका थिए । आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट हुँदा कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।
बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिदा कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिएका थिए।
अनिल र भीमले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारी पनि बनाए । दोस्रो विकेटका लागि यी दुईले १ सय ८९ रनको साझेदारी गरे । यसअघि सन् २०२३ मा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए ।
नेपालबाट ओडीआईमा शतक पूरा गर्ने अनिल सातौं र भीम आठौं खेलाडी बने । अनिल शतक प्रहार गर्ने दोस्रो विकेटकिपर समेत हुन् । नेपालका लागि यसअघि रोहित पौडेल, पारस खड्का , कुशल भुर्तेल , आसिफ शेख , कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले शतक बनाएका थिए।
क्यानडासँगको सिरिजबाट नेपालका ४ जना युवाहरुले एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । यस सिरिजबाट नेपालका सूर्य तामाङ, रिजन ढकाल, हेमन्त धामी र आकाश चन्दले एकदिवसीय क्रिकेटमा डेब्यू गरेका हुन् । आकाश र हेमन्त यू १९ टोलीका सदस्य हुन भने सूर्य र रिजनले भर्खरै सम्पन्न प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशबाट शानदार प्रदर्शन गरेका थिए ।
सूर्य र रिजनले क्यानडाविरुद्धको पहिलो खेलमा डेब्यू गरेका थिए । आकाशले दोस्रो म्याचमा डेब्यू गर्दा हेमन्तले तेस्रो खेलमा राष्ट्रिय टिमबाट डेब्यूको अवसर पाए ।
सूर्य तामाङ
प्रधानमन्त्री कपमका बागमती प्रदेशबाट खेलेका सूर्यले कीर्तिमानी ३० विकेट लिँदै टिमलाई शीर्ष ४ मा पुर्याएका थिए । उनले क्यानडाविरुद्धको सिरिजको पहिलो म्याचमै डेब्यूको अवसर पाएका सूर्यले पहिलो म्याचमाा ५ अोभर बलिङ गर्दा ३२ रन दिएका थिए । उनले विकेट लिन भने सकेनन् । यता ब्याटिङतर्फ पनि उनले नटआउट रहँदै १० रन जोडेका थिए भने दोस्रो म्याचमा १० अोभर बलिङ गर्दा १ मेडर राख्दै ४६ रन दिएर १ विकेट लिएका थिए । उनी आजको खेलमा भने बेञ्चमा थिए ।
रिजन ढकाल
प्रधानमन्त्री कपमा बागमती बाटै खेलेमा रिजन ढकालले पनि पीएम कपमा १५ विकेट लिँदै राष्ट्रिय टिमका लागि आशा जगाएका थिए । क्यानडा सिरिजमा पहिलो खेलमकै डेब्यू गरेका रिजनले ७ ओभर बलिङ गरेर ३४ रन दिँदै १ विकेट लिएका थिए । ब्याटिङतर्फ उनी ४ रनमा आउट भएका थिए । दोस्रो खेलमा ७ ओभर बलिङ गरेका रिजनले ४१ रन दिएका थिए । विकेट लिन नसकेपनि उनले किफायती बलिङ गरे । उक्त खेलमा उनले ब्याटिङ गर्नु परेन । रिजन आजको खेलमा भने प्लेइङ ११ मा थिएनन् ।
आकाश चन्द
यू-१९ टिमका सदस्य रहेका आकाश चन्दले अफगानिस्तानविरुद्धको खेलमा शानदार बलिङ गरेर ५ विकेट लिएपछि नेपाल सुपर सिक्समा पुगेको थियो । नेपाललाई सुपर सिक्समा पुर्याएका आकाशले क्यानडाविरुद्धको दोस्रो खेलमा डेब्यू गरेका हुन् । दोस्रो खेलमा ५ ओभर बलिङ गरेर ३१ रन दिँदै १ विकेट लिएका आकाशले ब्याटिङ गर्न भेन पाएन् । त्यस्तै अन्तिम खेलमा आज उनले ८ ओभरमा ५१ रन दिएर १ विकेट लिए ।
हेमन्त धामी
यू-१९ टिमकै अर्का सदस्य हेमन्त धामीले क्यानडाविरुद्धको अन्तिम खेलमा डेक्यू गरेका हुन् । डेब्यू खेलमा हेमन्तले ८ ओभरमा ४९ रन दिएर ३ विकेट लिए । डेब्यू खेलमै ३ विकेट लिएपछि कनडा २३२ रनमा समेटिएको थियो ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

