कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश
काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको क्वाटरफाइलमा कुवेतलाई ८ विकेटले पाखा लगाउँदै नेपाल सेमिफाइनमा पुगेको हो ।
खराब मौसमका कारण १२ ओभरमा झारिएको खेलमा कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ७ अोभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सीता रानाले १७ रन जोड्दा कप्तान इन्दू बर्मा २२ तथा कविता कुँवर ४ रनमा अविजित रहिन् । नेपालले अब जापान र मलेसियाबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रुपमा क्वार्टरफाइनलमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।
दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

