त्रिवि उपकुलपति : बुढाथोकीले बधाई खाए, बरालले नियुक्ति पाए !
काठमाडौं। मुलुककै जेठो र सबैभन्दा धेरै विद्यार्थीको भार थेगिरहेको त्रिभुवन विश्वविद्यालयको उपक्रूलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका बराल सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र निकटका व्यक्ति हुन् ।
विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।
उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकामा ‘सर्टलिस्ट’ मा १४ जना परेका थिए। तीमध्ये तीन जनाको नाम कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आइतबार सिफारिस गरिएको थियो।
छनोट समिति स्रोतका अनुसार तीनजनामध्ये बुढाथोकी बरालभन्दा २ अंकले अगाडि रहेका थिए । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।
त्यसोत उपकूलपतिको सर्टलिस्टमा तीनजनाको नाम सिफारिस राति नै बुढाथोकी उपकूलपतिमा नियुक्त भएको भनेर सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको थियो । माओवादी निकटनै रहेका बुढाथोकीलाई माओवादीकै कार्यकर्ताले पनि बधाईको ओइरो लगाएका थिए । तर, अन्तिममा बुढाथोकीले २ दिनसम्म बधाई खाए अनि बरालले सुटुक्क नियुक्ति खाए भनेर पुन : सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
