राजेन्द्र महतोलाई भारतीय गृहमन्त्रीले भने ‘नाकाबाट हट्नुस’
भारतीय गृहमन्त्री राजनाथ सिंहले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई छिटो नाकाबाट हट्न सुझाव दिएका छन ।
उपचारको क्रममा नयाँ दिल्लीमा रहेका महतोलले सोमबार गृहमन्त्री सिंहसँग भेटवार्ता गरेका थिए ।
भेटवार्तामा सिंहले नाका केन्द्रीत आन्दोलनका कारण नेपालमा समस्या उत्पन्न भएको भन्दै तत्काल नाकाबाट हटेर शान्तिपूर्ण आन्दोलन गर्न सुझाव दिएका थिए ।
सिंहले आन्दोलन छाडेर बार्ताबाटै निकास खोज्न दिएको सुझावमा महतोले कार्यदल तहमा बार्ता सुरु भए पनि त्यसलाई निष्कर्समा पुर्याउन प्रमुख दल तत्पर नदेखिएको गुनासो गरेका थिए । उनले आफूहरु बार्ता विरोधी नभए समेत स्पष्ट पारेका थिए ।
गृहमन्त्री सिंहले आफूहरुले नेपालसँग कुरा गरिरहेको जानकारी दिदै संसोधन प्रस्तावबाट जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र सामानुपातिक समावेशि प्रतिनिधित्वको माग पुरा हुने र नागरिकताको सवालमा रहेको अस्पष्टताहरु पनि हट्ने भएकोले संसोधनमा साथ बढ्न भनेका थिए ।
सिंहले सीमांकनको विषयमा रिजिट नहुन सुझाव दिदै छलफल र सहमतिको आधारमा तीन महिनाभित्र सीमांकन गर्दा कुनै फरक नपर्ने धारणा राखेका थिए ।
भेटमा महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई फोन गरेर बार्तामा आउन आग्रह गरेको जानकारी दिदै आफूले अहिले उपचारमा रहेकोले केही समय पछि आएर बार्ता थाल्ने प्रतिबद्धता ब्यक्त गरेको जानकारी समेत दिएका थिए ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

