विगतका विपत्तिले सम्पदा क्षेत्रमा पारेको क्षति, संरक्षणका लागि पाठ
काठमाडौँ । प्राकृतिक र मानव निर्मित मूर्त अमूर्त सम्पदा बचाउन सके मात्र मानव सभ्यता बच्न सक्ने बताउँदै जनप्रतिनिधि, कर्मचारी, सस्कृतिकर्मी तथा स्थानीयले ‘विगत घटना विर्सन नहुने’ साझा मत व्यक्त गरेका छन् ।
‘सम्पदाहरुको अभिलेखन यसको प्रमुख क्रियाकलाप हो ।’ विश्व सम्पदा दिवस २०२४ को अवसरमा आज आयोजना गरिएका कार्यक्रमहरुमा, विगतमा विपत्तिले सम्पदा क्षेत्रमा पारेको क्षतिबाट संरक्षणको. पाठ सिक्नु पर्ने बताउँदै उहाँहरुबाट यस्ता धारणा व्यक्त भएका हुन् । यो वर्ष ‘डिजास्टर एण्ड कन्फिन्ट थ्रु द लेन्थ अफ द भेनिस चार्टर’ नारासहित दिवसका कार्यक्रम आयोजना गरिएका छन् । यो चार्टर सन् १९६४ मा सम्पदा संरक्षण र व्यवस्थापनमा काम गर्ने विज्ञ र पेशाकर्मीहरुले जारी गरेका थिए । त्यस यताका सम्पदाले भोगेका विपत्ति, त्यसले पारेको असर र यसबाट सिक्नु पर्ने पाठलाई विश्लेषण गर्न नाराले झक्झक्याएको छ ।
दिवसको सन्दर्भ र महानगरपालिकाले गरेका कामका बारेमा धारणा राख्दै सम्पदा पर्यटन समितिका संयोजक आशामान संगत भन्नुहुन्छ, ‘मूर्त अमूर्त सम्पदा र आपसी सम्बन्धको अभिलेखन गर्ने, हराएका र नासिएका संरचनासहित रीतिथिति र संस्कृति खोजेर पुनरुत्थान गर्ने कामलाई प्राथमिकता दिएका छौँ ।’ यसरी जोगाइएका सम्पदालाई अभिलेखन र पुस्तान्तरण गर्ने योजनाका साथमा काम भइरहेको संगतको भनाइ छ ।
दिवसको अवसर पारेर महानगरपालिकाका वडाहरुले विविध कार्यक्रम आयोजना गरेका छन् । यस क्रममा विश्व सम्पदा क्षेत्र भएका वडाहरुमध्ये वडा नं. १५ ले स्वयम्भू भुइँखेलमा वृहत योग र स्वयम्भूदेखि वसन्तपुरसम्मको सम्पदा पदयात्रा आयोजना गर्यो । विहान साढे ४ बजे भेला भएर ६ बजेसम्म सामुहिक योग गरिएको थियो भने त्यसपछि सम्पदा पदयात्रा गरिएको थियो ।
भुइँखेलबाट सुरु भएको पदयात्रा चारा हिटी, धिमे ल्वहं, निपु हिटी (भीमसेन मन्दिर), डल्लु चौतारा, भेलु महादेव, रञ्जित मल्ल सतः घाट, तप्यँताँ, म्येछ्यों हिटी, बुरांखेल, सामुदायिक (लोकेश्वर) गल्ली, आयुर्वेदिक अस्पताल, नरदेवी द्यःछेँ, पाछै गल्ली, सुन्ता गल्ली, दमाइ टोल, चस्वांद्वँ, साः (तेल मिल), बन्जाः हिटि, मिच्याः गल्ली, मरुबहि, सन्तानेश्वर महादेव, मरु हिटि हुँदै मरु गणेश पुगेर समापन भएको थियो ।
स्वस्थ्य जीवनका लागि योग र सम्पदाको पहिचान प्रवर्धनका लागि पदयात्रा गरिएको वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले जानकारी दिए । २२ सय मिटरका दुरीमा भएका २ वटा सम्पदा क्षेत्रका बिचमा दर्जनौँ भौतिक सम्पदा छन् । ती हरेक सम्पदासँग अभौतिक क्रियाकलाप हुने गरेका छन् । स्थानीयबासीलाई यी सम्पदाको सम्बन्ध बुझाउन पदयात्रा गरिएको हो । डंगोलले स्पष्ट पारे ।
सम्पदा तथा पर्यटन विभागले लिपि गुथिसँगको सहकार्यमा वसन्तपुरमा क्यालिजात्रा आयोजना गर्दैछ । जात्रामा रञ्जना लिपि लेखन कला प्रदर्शन हुनेछ । नेपाल मण्डल (काठमाडौँ) को सभ्यता र पहिचानको प्रतीक रञ्जना लिपिको संरक्षण गर्न र पर्यटन प्रवर्धनमा सहयोग हुने अपेक्षा राखेर जात्रा आयोजना गरिएको सम्पदा तथा पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानले जानकारी दिइन् ।
विश्वभरि हरेक दिन मानिसहरु कुनै न कुनै संस्कार र संस्कृति मनाइरहेका हुन्छन् । हरेक ठाउँका प्रत्येक मानिससँग सम्बन्ध राख्ने संस्कृतिलाई साझा रुपमा मनाउन हरेक बर्ष अंग्रेजी महिनाको अप्रिल १८ तारिख इन्टरनेशनल डे फर मोनुमेन्ट्स एण्ड साइट्स अर्थात् बिश्व सम्पदा दिवसका रुपमा मनाउने गरिन्छ । इन्टरनेशनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स (स्मारक क्षेत्रहरुको अन्तरराष्ट्रिय परिषद) ले दिवस मनाउन सुरु गरेको हो । यो परिषद सन् १९६५ मा स्थापना भएको हो ।
प्राकृतिक तथा मानव सृजित सम्पदाको महत्वलाई प्रवर्धन गर्नु, पुस्तान्तरण गर्नु तथा संरक्षणका उपाय र सिकाइ आदान प्रदान गर्नु दिवस मनाउनुको मुख्य उद्देश्य हो । यस्ता सम्पदासँग समाजको अन्तरनिहित नाता हुनाले संरक्षण र प्रवर्धनमा सामाजिक दायित्वको सन्देश दिनु पनि दिवसको लक्ष्य हो ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
