सलमान खानको बजरंगी भाइजान-२ को स्क्रिप्ट लेखन सकियो, चाँडै सुटिङमा जाने
मुम्बइ । अन्ततः सलमान खानको बजरंगी भाइजान–२ निर्माण हुने भएको छ । जसलाई लिएर पछिल्लो समय निर्माता केके राधामोहनले ‘बजरंगी भाइजान २’ को स्क्रिप्ट सकिएको पुष्टि गरेकी छन् ।
उनका अनुसार ‘बजरंगी भाइजान २’ र ‘राउडी राठौर’ दुबै सिनेमाको सिक्वेलका स्क्रिप्ट पनि पूरा भइसकेको छ । बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म ‘बजरंगी भाइजान’ को सिक्वेल बनाउने घोषणा यसअघि नै गरेका थिए ।
निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म ‘आरआरआर’ को मुम्बई प्रि–रिलिजमा पुगेका अभिनेता सलमानले ‘बजरंगी भाइजान २’ बनाउने घोषणा गरेका थिए । जसको स्क्रिप्ट तयार भएको निर्मात्री राधामोहनले गरेका हुन् ।
सलमान खानका अनुसार बजरंगी भाइजानको सिक्वेलको लेखन एसएस राजामौलीका पिता के भी विजयेन्द्रप्रसादले लेख्ने छन् । यो फिल्मको अघिल्लो संस्करण पनि विजयेन्द्रले नै लेखेका थिए । ‘बजरंगी भाइजान’का निर्देशक कवीर खान हुन् ।
अब यो फिल्म कहिले देखी सुटिङमा जान्छ भन्नेमा कुनै जानकारी दिइएको छैन । त्यसमाथी, आगामी मे देखी सलमान खान ‘सिकिन्दर’ को सुटिङमा ब्यस्त हुने भएकाले यसपछि मात्रै सलमान बजरंगीको सिक्वेलमा काम गर्न सक्ने भारतीय मिडियाले जनाएका छन ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
