स्पाइडर म्यानको चौथो सिरिज आउदै
काठमाडौँ । हलिवुड अभिनेता टम हल्याण्ड चौथो पटक स्पाइडर म्यान बन्ने भएका छन् । हालै, पुरानो स्कटल्याण्ड शहर सेन्ट एन्ड्रयूजमा आयोजित‘स्यान्ड्स इन्टरनेशनल फिल्म फेस्टिभल’ मा भाग लिएका अभिनेता हल्याण्डले आफु चौथो पटक स्पाइडर म्यान बन्न लागेको बताएका हुन् ।
उनलाई आगामी ‘स्पाइडर म्यान’ मा देखिने बारे प्रश्न सोधिएको थियो । यस प्रश्नको जवाफमा टम भन्छन्, ‘स्पाइडर म्यान’ को चौथो किस्ताको हिस्सा बन्न लागेको खबर तपाईसँग साझा गर्न पाउँदा म निकै खुसी छु ।
आफ्नो जीवन र करियरको श्रेय ‘स्पाइडर म्यान’ लाई दिदै हल्याण्डले भने, ‘आज म जे छु ‘स्पाइडर म्यान’ को कारणले हो । मैले जति नाम र ख्याति पाएको छु, यही चरित्रकै कारण हो । यो पहिलो पटक फिल्मको प्रारम्भिक प्रक्रियामा भाग लिएको छु र म धेरै रमाइलो गरिरहेको छु । यो अवधिमा मैले पनि धेरै कुरा सिक्ने मौका पाएँ । जे होस्, सबैले मलाई यो फिल्मको हिस्सा बनाउन चाहन्थे र म पनि त्यही चाहन्थे। दर्शकलाई निराश नगर्ने प्रयास गर्नेछौं ।’
फिल्म ‘स्पाइडर–म्यान: नो वे होम’ ‘स्पाइडर–म्यान’ सिरिजको तेस्रो फिल्म थियो । जुन सन् २०२१ मा सिनेमाघरमा रिलिज भएको थियो । यस फिल्ममा अभिनेत्री जेन्डायासँग टम हल्याण्ड देखिएका थिए । मिडिया रिपोर्टका अनुसार, ‘स्पाइडर म्यान: नो वे होम’ ले आफ्नो पहिलो सप्ताहन्तमा २६० मिलियन डलर कमाएको थियो । अब यसको चौथो सिरिज आउने भएपछि दर्शकको उत्साह बढेको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
