नेपाली नक्कली नोट छपाइ र मार्के्टिङ गर्ने गिरोह पक्राउ
मधेस आन्दोलनको समयमा संगठित रुपमा नेपाली १००० र ५०० दरका नक्कली नोट छाप्ने र बजारमा पठाउने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान प्रहरी टोलीले माटो मुनि गाडेको अवस्थामा नोट छाप्ने मेसिन समेत बरामद गरेको छ ।
केही दिनअघि रौतहट प्रहरीले पक्राउ गरेका टेम्पो चालक रामप्रवेश यादबसँग भेटिएको एक हजारको नोटबाट अनुसन्धान थालेको थियो ।
उनले हजारको नोट गौर—७ कै जुगल किशोर महतोले दिएको जानकारी दिए पछि जुगललाई प्रहरीले पक्राउ गर्न सफल भयो । प्रहरी अपेक्षाअनुसार नै उनको साथबाट १००० र ५०० दरका ४५ हजार जाली नोट बरामद भयो । यो तथ्यले प्रहरी मधेस आन्दोलनको मौकामा नक्कली नोट कारोबारी सक्रिय भएको निष्कर्षमा पुग्यो ।
तर आफू जाली नोट कारोबारको मुख्य व्यक्ति नभएको बयान जुगलले दिए । उनले आफूभन्दा माथि नारायाण चौधरी भन्ने व्यक्ति रहेको र उनले नोटहरु आफूलाई दिने गरेको बयान प्रहरी समक्ष दिएका थिए । त्यही बयान पछ्याउँदै प्रहरीले रौतहट सखुअवा—२ धमौरा निवासी चौधरीलाई पक्राउ गर्यो। उनको साथबाट ३५ सय रुपैयाँ नक्कली नोट समेत प्रहरीले बरामद गर्यो ।
चौधरीले बयानमा चन्द्रपुर—१५ को बालुवाटोलको ओसिम महम्मदको नाम लिए । ओसिमको बयानबाट अब प्रहरी टोली गिरोहको मुख्य नाइके नजिक पुग्यो । अनुसन्धानको क्रममा भारत चम्पारम जिल्लाको घोडासाहन, नुनौरा घर भएका अभयकुमार साह र धनुषा घर भएका मनोज महतोको खोजी छाप्ने मानिस भएको पुष्टी भएपछि उनीहरुलाई पक्राउ गर्ने योजना अघि बढायो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
