नेपाली नक्कली नोट छपाइ र मार्के्टिङ गर्ने गिरोह पक्राउ
मधेस आन्दोलनको समयमा संगठित रुपमा नेपाली १००० र ५०० दरका नक्कली नोट छाप्ने र बजारमा पठाउने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान प्रहरी टोलीले माटो मुनि गाडेको अवस्थामा नोट छाप्ने मेसिन समेत बरामद गरेको छ ।
केही दिनअघि रौतहट प्रहरीले पक्राउ गरेका टेम्पो चालक रामप्रवेश यादबसँग भेटिएको एक हजारको नोटबाट अनुसन्धान थालेको थियो ।
उनले हजारको नोट गौर—७ कै जुगल किशोर महतोले दिएको जानकारी दिए पछि जुगललाई प्रहरीले पक्राउ गर्न सफल भयो । प्रहरी अपेक्षाअनुसार नै उनको साथबाट १००० र ५०० दरका ४५ हजार जाली नोट बरामद भयो । यो तथ्यले प्रहरी मधेस आन्दोलनको मौकामा नक्कली नोट कारोबारी सक्रिय भएको निष्कर्षमा पुग्यो ।
तर आफू जाली नोट कारोबारको मुख्य व्यक्ति नभएको बयान जुगलले दिए । उनले आफूभन्दा माथि नारायाण चौधरी भन्ने व्यक्ति रहेको र उनले नोटहरु आफूलाई दिने गरेको बयान प्रहरी समक्ष दिएका थिए । त्यही बयान पछ्याउँदै प्रहरीले रौतहट सखुअवा—२ धमौरा निवासी चौधरीलाई पक्राउ गर्यो। उनको साथबाट ३५ सय रुपैयाँ नक्कली नोट समेत प्रहरीले बरामद गर्यो ।
चौधरीले बयानमा चन्द्रपुर—१५ को बालुवाटोलको ओसिम महम्मदको नाम लिए । ओसिमको बयानबाट अब प्रहरी टोली गिरोहको मुख्य नाइके नजिक पुग्यो । अनुसन्धानको क्रममा भारत चम्पारम जिल्लाको घोडासाहन, नुनौरा घर भएका अभयकुमार साह र धनुषा घर भएका मनोज महतोको खोजी छाप्ने मानिस भएको पुष्टी भएपछि उनीहरुलाई पक्राउ गर्ने योजना अघि बढायो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

