Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

श्री स्वास्थानीको ब्रत आजदेखि सुरु-जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, माघ, ९
श्री स्वास्थानीको ब्रत आजदेखि सुरु-जानकारी केन्द्र

स्वस्थानी व्रत र कथावाचन आजदेखि सुरु हुँदैछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत कथा आजदेखि अबको करिब १ महिनासम्म नेपाली हिन्दू धर्मावलम्बीले व्रत र माघ स्नान गरी मनाउने परम्परा छ । पौष शुक्ल पूर्णिमाको बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरि बेलुकी ‘स्कन्द पुराण’को केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच संवाद भएको ‘स्वस्थानी व्रत कथा’ घर घरमा सुन्ने र सुनाउने गरी स्वस्थानीको प्रसाद र नैवेद्य ग्रहण गरिन्छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूणिर्माका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।चढाइएका प्रसादमध्ये सबैबाट आठरआठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने ब्रत विधि छ ।सय रोटी आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ ।

Top Changing Nepal

युट्युब सट्स