अनन्या र आदित्यको ब्रेक अप !
बलिवुड अभिनेत्री अनन्या पाण्डे र अभिनेता आदित्य रोय कपुरको ब्रेकअप भएको छ । भारतीय मिडियाहरुमा दुवैको ब्रेक भएको रिपोर्ट सर्वजनिक भएको छ । दुवै २ वर्ष सँगै सम्बन्धमा थिए । अनन्या पाण्डे र आदित्य कपुरका एक नजिकका साथीले मिडियासँग कुरा गर्दै जोडीको ब्रेकअपको खबर पुष्टि गरेका छन् ।
यस वर्षको अप्रिल महिनामा अनन्या पाण्डेले पनि एक क्रिप्टिक पोस्ट सेयर गरेकी थिइन्, जसका कारण उनीहरुको ब्रेकअपको हल्लाले तिब्रता लिएको थियो । त्यतिबेला अनन्याले पोस्टमा लेखेकी थिइन्, ‘यदि उ तिम्रो हो भने अवश्य फर्किनेछ । यो सबै तिमीलाई पाठ सिकाउन को लागी हो । तिमीले स्वीकार गर्दैनौ र उसलाई बिदा गर, यदि उ तिम्रो हो भने फर्केर आउनेछ । यदि तपाइँ विश्वास गर्नुहुन्छ भने यो वास्तवमा तपाइँको हो । किनभने यो तपाइँको लागि बनाइएको थियो, तर यो तपाइँको भाग कहिल्यै छैन । यो तिम्रो आत्मासँग कहिल्यै जोडिएको थिएन ।’
अनन्याको यो पोष्ट आदित्य लक्षित रहेको र दुवैको सम्बन्ध बिग्रिएपछि उनले यो पोष्ट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । सार्बजनिक रुपमा भने दुवैले आफ्नो सम्बन्ध बारे अहिलेसम्म चर्चा गरेका छैनन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

