सलमानको नयाँ फिल्ममा रश्मिकाको इन्ट्री
बलिवुड सुपरस्टार सलमान खानको अर्को फिल्म ‘सिकंदर’ मा अभिनेत्री रश्मिका मन्डन्नाको इन्ट्री भएको छ । फिल्ममा रश्मिका निर्माता साजिद नाडियावालाले लेखेका छन्, ‘हामी रश्मिकालाई फिल्म ‘सिकन्दर’ मा सलमानको अपोजिटमा स्वागत गर्छौं । दुबैको अन-स्क्रिन जादू हेर्न प्रतीक्षा गर्न सक्दिन ।’
सिकंदरमा छनौट भएपछि रश्मिकाले लेखेकी छिन्, ‘धेरै समयदेखि तपाई मलाई मेरो अर्को प्रोजेक्टको बारेमा सोध्दै हुनुहुन्थ्यो । यहाँ छ आश्चर्य । सिकन्दरको एक हिस्सा हुन पाएकोमा म कृतज्ञ छु ।’
यसैबीच सामाजिक सञ्जालमा सलमानको एउटा तस्बिर भाइरल भएको छ । यो फिल्म ‘सिकंदर’ को सेटको हो र सलमानले यो फिल्मको सुटिङ सुरु गरिसकेका छन् । यद्यपी यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।
यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन्। फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ ।
निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’ जस्ता धेरै हिट फिल्म दिएका छन् । ‘सिकंदर’ भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गरेका थिए । त्यो फिल्मका लेखक मुरुगादास थिए ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
