Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, २
‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

काठमाडौँ । यही जेठ १० गते (बुद्ध जयन्ती) देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’ को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ ।

बि.पाण्डेको शब्द रचना तथा केतन क्षेत्रीको स्वर रहेको गीतमा फिल्मका निर्माता समेत रहेका सुभाष भुषालको संगीत रहेको छ । गीतमा अन्तरजातीय प्रेमले निम्त्याएको पीडा र निराशालाई देखाइएको छ ।

नेपाली फिल्म क्षेत्रका तीन सुपरस्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको प्रमुख भूमिका रहेको फिल्म जातीय विभेदविरुद्धको कथामा बनेको फिल्मको ट्रेलर र गीतबाट बुझ्न सकिन्छ ।

आर्यन पूजारीको भूमिकामा छन् भने उनको जोडी बनेकी अञ्जना बराइलीले कथित तल्लो जातकी युवतीको भूमिका निभाएकी छन् । प्रदीप भने दमाई चरित्रमा छन् । उनको मगर समुदायकी परीक्षा लिम्बूसँग माया बसेको छ । फिल्ममा पलको सानो भूमिका भएपनि जातीय विभेदविरुद्ध लड्ने युवाको रहेको छ ।

दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको यो फिल्ममा मोहन निरौला, शङ्कर आचार्य, प्रेम सुब्बा, तारा शर्मा, सुवास गजुरेल, लोकेन्द्र लेखक, विद्या कार्की, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ ।

गीतको लिंक- https://www.youtube.com/watch?v=e-1n5Pb6Shs

Top Changing Nepal

युट्युब सट्स