सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक भएको छ । साढे दुई मिनेटको यो ट्रेलरमा फुलेरा गाउँको राजनीति र प्रमुख सचिव अभिषेकको प्रेमकथाको झलक देख्न सकिन्छ ।
शोको यो नयाँ सिजनमा जम्मा ८ एपिसोड हुनेछन् । दीपक कुमार मिश्राले निर्देशन गरेको यो शृङ्खला मे २८ बाट प्राइम भिडियोमा स्ट्रिम हुनेछ ।
ट्रेलरमा एकातिर सचिवले गाउँमा भइरहेको बेकारको राजनीतिबाट जोगिएर पढाइमा ध्यान केन्द्रित गर्न खोज्दा अर्कोतर्फ फुलेरा गाउँमा पञ्चायतको निर्वाचन हुन लागेको देखाइएको छ । गत सिजन, विधायक साहेबले प्रधान जी र सचिवजीलाई समस्यामा पारेका थिए र उनीहरूको जागिर पनि खतरामा थियो । अब यो नयाँ सिजनमा बनरकस पनि यी दुबैको पछि लागेका छन् ।
हिन्दी बाहेक, पञ्चायत ३ तमिल, तेलुगु, मलयालम र कन्नडमा पनि प्रिमियर हुनेछ। सिरिजमा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय र सान्विका जस्ता कलाकारहरू देखिनेछन् । यसअघिका दुवै सिजनलाई दर्शकले अत्याधिक मन पराएका थिए ।
ट्रेलरको लिंक- https://www.youtube.com/watch?v=9N3cFoLFjvw
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

