अनिल कपुरले छोडे हाउसफुलको पाँचौं सिरिज
बलिवुड अभिनेता अनिल कपुर फिल्म हाउसफुल सिरिजको पाँचौं फिल्ममा नहुने भएका छन् । मिडिया रिपोर्टका अनुसार उनले पारिश्रमिकका कारण यो फिल्म छोडेको बताइएको छ ।
योसँगै अर्जुन रामपाल १४ वर्षपछि यो फ्रान्चाइजीको हिस्सा बन्न सक्ने खबर पनि आएको छ । उनले फ्रेन्चाइजको पहिलो फिल्म हाउसफुलमा मेजर कृष्ण रावको भूमिका निभाएका थिए ।
यद्यपी निर्माताहरुले यी दुई कुराको आधिकारिक पुष्टि भने गरेका छैनन् ।
मिड डे रिपोर्टका अनुसार अनिल कपुर र फिल्मका निर्माता साजिद नाडियाडवालाबीच पारिश्रमिकको विषयमा कुरा नमिलेको बताइएको छ । जसका कारण अनिलले यो फिल्म छोडेका छन् ।
यो परिवर्तनपछि निर्माण पक्षले फिल्ममा नाना पाटेकरको चरित्रलाई पुन: लेख्न थालिएको छ । वास्तवमा, यसअघि फिल्ममा अनिल कपूरसँग उनको केमेस्ट्री देखिने थियो । बलिउड हंगामाको रिपोर्ट अनुसार अर्जुन रामपाल यो फ्रेन्चाइजीमा सामेल हुन सक्छन् ।
कास्टिङमा यति ठूलो परिवर्तन भए पनि हाउसफुल ५ को सुटिङ शेड्युलमा कुनै परिवर्तन नभएको रिपोर्टमा उल्लेख छ । फिल्मका निर्देशक तरुण मनसुखानीले अगस्टदेखि बेलायतमा छायांकन सुरु गर्ने भएका छन् । यो फिल्म यस वर्ष दीपावलीको अवसरमा रिलिज हुने भएको थियो । तर अब यो २०२५ मा रिलीज हुनेछ ।
निर्माताहरूले एक विज्ञप्ति जारी गर्दै भनेका थिए- हाउसफुल फ्रेन्चाइजको ठूलो सफलताको श्रेय दर्शकहरूलाई जान्छ । हाउसफुल ५ को कथा एकदमै फरक छ र जनतालाई पक्कै पनि मन पर्नेछ । यसलाई उत्कृष्ट भिएफएक्स पनि चाहिन्छ, जसका कारण रिलीज मिति विस्तार गरिएको छ। फिल्म ६ जुन, २०२५ मा थिएटरहरूमा रिलिज हुनेछ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
