बलिउड फिल्म रामायणको तयारी तिब्र, दुई भागमा बन्ने
काठमाडौँ । बलिउडमा नितेश तिवारीको निर्देशनमा बन्न लागेको बहुप्रतिक्षित चलचित्र रामायणको तयारी तिब्र रुपमा भइरहेको छ । चलचित्र रामायणलाई दुई छुट्टाछुट्टै भागमा बनाइने बताइएको छ भने दुवै भागको छायांकन एक वर्षमा एकैपटक सम्पन्न हुने बताइएको छ ।
फिल्म रामायणको निर्माण टिमका अनुसार नितिश तिवारीले रणवीर कपूर, यश, साई पल्लवी र सनी देओलसँग रामायणका दुई भागको सुटिङ सुरु गरिसकेका छन् । चलचित्रलाई ठूलो परिमाणमा देखाउन र राम्रोसँग प्रस्तुत गर्न निर्माताले यसलाई २ भागमा बनाउने निर्णय गरेका छन् । चलचित्र उद्योगमा अधिकांश चलचित्रकर्मी पहिलो भागको नतिजा देखेपछि दोस्रो भागको तयारीमा लागे पनि रामायणको दुवै भाग एकैसाथ छायांकन हुनेछ । यसअघि यो फिल्म ३ पार्टमा बन्ने भएको थियो ।
टोलीले रामायणका दुवै भागको छायांकनका लागि ३५० दिनको छायांकन तालिका बनाएको छ जसमा विस्तारित स्टार कास्टको एकल दृश्य पनि समावेश हुनेछ । दुवै भाग एक वर्षको अन्तरालमा रिलिज हुनेछन् । फिल्म रामायणको प्रिन्सिपल छायांकन आउँदो डिसेम्बरसम्ममा सक्ने गरी फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु हुने बताइएको छ । चलचित्र रामायणमा कलाकारहरुको लुक्सको निरन्तरता कायम राख्न दुवै पार्टको एकैसाथ छायांकन गर्ने निर्णय गरिएको छ ।
नितिश तिवारीको निर्देशनमा बन्न लागेको रामायणमा रणवीर कपूर भगवान श्रीरामको भूमिकामा देखिने भएका छन् । यो भूमिकाका लागि रणवीरले कडा तालिम लिइरहेका छन् । उनीसँगै साउथकी चर्चित अभिनेत्री साई पल्लवी माता सीताको भूमिकामा देखिनेछिन् । फिल्ममा सनी देओल हनुमानको भूमिकामा देखिनेछन् भने अभिनेत्री लारा दत्त कैकेयीको भूमिकामा देखिनेछन् । त्यस्तै रावणको भूमिका अभिनेता यशले निभाउने बताइएको छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

