टोनी क्रूजले युरोकपपछि सन्यास लिने
जानकारी केन्द्र
२०८१, जेष्ठ, ९
काठमाडौँ । जर्मनीका मिडफिल्डर टोनी क्रूजले रियल म्याड्रिड छोड्ने घोषणा गरेका छन् । क्रूजले एक सन्देशमा आफुले आगामी युरो कपदेखि फुटबलबाट सन्यास लिने समेत घोषणा गरेका छन् । रियल म्याड्रिड आफ्नो अन्तिम क्लब भएको उल्लेख गर्दै ३४ बर्षिय क्रूजले फुटबलबाट सन्यास लिने बताएका हुन् ।
क्रूज २०१४ मा जर्मनी क्लब बायर लिभरकुसेनबाट रियल म्याड्रिड पुगेका थिए । रियल म्याड्रिडमा १० सिजन खेलेका क्रूजले अब रियल म्याड्रिडका लागि ला लिगाको एक खेल र अन्तिम खेल च्याम्पियन्स लिगको फाइनल खेल्ने भएका छन् । रियल म्याड्रिडले च्याम्पियन्स लिगको फाइनल जर्मनी क्लब डोर्टमण्डसँग जुन २ मा खेल्दै छ ।
रियल म्याड्रिडबाट १० सिजन खेल्दै चार ला लिगाको उपाधि जितेका छन् भने चार च्याम्पियन्स लिगको उपाधि जितेका छन् । त्यस्तै एक कोपा डेल रे, पाँच फिफा क्लब विश्वकपको उपाधि जितेका छन् ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

