सधै हाम्रो देश किन समस्यामा गुज्रिरहेको छ , यो सत्यता कहिले सम्म गुपचुप रहन्छ ?
रोशन पोखरेल, राैतहट
मधेश बन्द रहेको करिब ६ महिना हुन थालीसकेको छ तर पनि निकाशको बाटो भेटिएको छैन। मधेशमा जारी आन्दोलनले मधेशको अर्थ के हुन्छ भन्ने कुरा हामी आम नेपालीलाई सोच्न बाध्य तुल्याएको छ। आम अर्थमा मधेश भन्नाले समतल भूभागलाई जनाउँछ तर जारी आन्दोलनले मधेश भन्नाले मधेशी समुदायको बासस्थानको रूपमा चित्रण गर्न थालेको छ जुन गलत कुरा हो। हिमाल, पहाड, तराई कोही छैन पराही भनेर अगाडी बढनु पर्ने आजको स्थितीमा आफ्नो स्वार्थ पूर्तीका निम्ती साम्प्रादायीक दोन्द चर्काउने प्रयत्न हाम्रो समाजमा किन भइरहेको छ? हावा पानी विना जिवनको कल्पना गर्न सकिन्न तर किन हामी नेपाली नेपाली बीचमा रहेको आत्मीय सम्बन्धमा खोट हार्ने काम भइरहेको छ? देश सङ्क्रमन कालमा रहेको भन्दै नेताहरू पन्छिने गर्थे तर आज नँया संविधान घोषणा भए पश्चात पनि किन आम नेपाली जनताले लोकतन्त्रको अनुभव गर्न सकिरहेका छैनन्? नेताहरू सरकारी ढुकुटीमा रहेको रकम तुहाइ रहेका छन भन आम जनता दुख कष्ट सहन बाध्य बनेका छन। घरघरमा विधुतिय उपकरण जडान गरिएको छ तर कुन बेला विजुली आउँछ थाहा पाउन सकिन्न। दश महिनाको अवधी पूरा हुदा समेत किन भुकम्पले भत्किएका सम्रचनाको पूर्णनिर्माण हुन सकिरहेको छैन?
जाडोले कठ्याङ्ग्रियर आम नागरिकले प्राण त्याग्दा समेत किन सरकारको ध्यान जान सकेको छैन? भुकम्प पिडीतका नाममा आएको सहयोग एकातिर थन्कीरहेको छ भने अर्को तिर भुकम्प पिडीत सामाग्रीको अभावमा प्राण त्याग्न वाध्य बनेका छन तर पनि किन सरकारले सहयोगार्थ आएका सामाग्री व्यवस्थीत रूपमा वितरण गर्न सकिरहेको छैन। हाल सरकारी छेत्रमा प्रवेश गर्न पहुचको आवश्कता रहन्छ भन्ने कुरा हाम्रो समाजमा सुन्न थालीएको छ, के पहुचका कारण अयोग्य व्यक्ती उक्त स्थानमा आसीन रहदा यस्तो समस्या देखा परेको त होइन। हाम्रो देशमा परिवर्तनका नाममा धेरै आन्दोलन भए भने धेरै सहिद बने तर पनि किन समस्या समाधान हुनु पर्नेमा थुप्रो लागी रहेको छ? यस बारे सम्बन्धीत निकायको ध्यान जानु अति आवश्यक रहन्छ भने सम्पूर्ण नेपाली एकजुत भई देश विकाशका निम्ती अघि बढनुको विकल्प छैन।
सम्बन्धित समाचार
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
थाइल्यान्डमा किशोरद्धारा गरिएको अन्धाधुन्ध गोली प्रहारमा ७ जनाको मृत्यु
एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

