किरण र ममताले ल्याए तिमी सुस्तरी छेउ आइदेउन
काठमाडौं । गायक किरण भुजेल र गायिका ममता गुरुङको स्वर रहेको तिमी सुस्तरी छेउ आइदेउन बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।
नवीन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ। जसमा राहुल प्रधानको एरेन्ज रहेको छ। भिडियोले प्रेममा सफल भएका दुई जोडीको रमाइलो प्रेम कथालाई कलात्मक तरिकाले वर्णन गरेको छ। गीत क्लासिक फ्लेभरमा तयार पारिएको र आफ्ना अघिल्ला शृजना भन्दा यो शृजनामा अलक स्वाद सहित आएको संगीतकार श्रेष्ठ बताउँछन्। भन्छन् यो फरक शैलीको गीत मेरा सारा दर्शक र स्रोताहरुका लागि हो।
जिन्दगी आँफुले माया गरेको मान्छेसँग खुशी खुशी समय बिताउने सन्देश भिडियोले दिन्छ। जसमा गायक किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठको बेजोड अभिनय देख्न सकिन्छ। किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीतको भिडियो निर्देशन केशवराज भट्टले गरेका हुन्।
निर्देशक भट्टकै कोरियोग्राफी रहेको तिमी सुस्तरी छेउ आइदेउनको छायांकन विशाल थापाले गरेका हुन् भने कलर र सम्पादन दिनसन शाहले गरेका हुन्। भिडियो संगीतकार श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा आएको हो।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
