क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आईसीसी टी-२० विश्वकपको टोलीमा १५औं खेलाडीका रुपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको बताएका छन् । अध्यक्ष चन्दले आईसीसीले नै नेपाललाई ‘विशेष सुविधा’ दिएर लामिछाने नै १५औं खेलाडीको रुपमा राखिएको स्पष्ट गरेका छन् ।
अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सामाजिक सञ्जाल र मिडियामा अध्यक्ष चन्दसहित क्यानको आलोचना भइरहेका बेला उनले स्पष्ट गरेका हुन् । अध्यक्ष चन्दले सन्दीपले भिसा आवेदन दिनुअघि नै अमेरिकी दूतावासलाई सन्दीपको नाम पठाइएको बताउदै आइसीसीको पत्र समेत सार्बजनिक गरेका छन् ।
उनले आइसीसीले नेपाललाई विशेष सुबिधा दिएको उल्लेख गर्दै सन्दीपको भिसामा समस्या भएमा उनको ठाउमा अन्य खेलाडीलाई राख्ने सुबिधा दिएको उल्लेख गरेका छन् ।
साथै उनले नेपाली टोली अमेरिका जाने समयसम्म क्रिकेटर लामिछानेको अदालतमा बलात्कार मुद्दा विचाराधीन रहेको र उनले सफाइ पाइसकेका नसकेको बताउदै आईसीसीले विशेष परिस्थिति भएकोले नेपाललाई मात्र सुविधा दिएको बताएका छन् । क्यानले सतर्कता साथ गोप्य राख्नुपर्ने विषयलाई कमजोरीका रुपमा ब्याख्या नगर्न समेत आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
