Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

आईसीसी टी-२० विश्वकप : आज भारत र पाकिस्तान भिड्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, २७
आईसीसी टी-२० विश्वकप : आज  भारत र पाकिस्तान भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा आज भारत र पाकिस्तानको प्रतिस्पर्धा हुँदैछ। विश्व क्रिकेटमा भारत र पाकिस्तानको भेटलाई प्रतिस्पर्धा भन्दा भिडन्तकै रुपमा हेरिन्छ।

विश्वकपको समूह चरणकै खेलमा भारत र पाकिस्तानले भेट पक्का गरेका हुन्। समूह ‘ए’मा रहेको भारतले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा भारतले आयरल्याण्डमाथि ८ विकेटको जित निकालेको हो। पाकिस्तान भने पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ।

पाकिस्तानका कप्तान बाबर आजम टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीको पहिलो स्थानमा छन्। उनले भारतीय ब्याट्सम्यान विराट कोहलीलाई उछिनेका हुन्।

यो विश्वकपको पहिलो खेलमा अमेरिकाविरुद्ध ४४ रन जोडेका बाबरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार हजार ६७ रन बनाएका हुन्। दोस्रो स्थानमा रहेका विराट कोहलीले चार हजार ३८ रन बनाएका छन्। यो सूचीको तेस्रो स्थानमा भारतकै कप्तान रोहित शर्मा रहेका छन्। उनले चार हजार २६ रन बनाएका छन्। पछिल्ला पाँच खेलमा भने पाकिस्तानमाथि भारत हाबी भएको देखिन्छ।

पछिल्ला १२ भेटमा भारत ८ खेलमा विजयी भएको छ भने पाकिस्तानले तीन खेलमा मात्र जित निकालेको छ । पछिल्ला टी–२० का पाँच खेलमा भारतले तीन जित निकाल्दा पाकिस्तान दुई खेलमा विजयी भएको छ । भारत र पाकिस्तानको खेल आइतबार राति ८ः१५ बजे सुरु हुनेछ ।

 

Top Changing Nepal

युट्युब सट्स