‘अबदेखि चाहेजति तेल, भरी सिलिण्डर ग्यास’
आपूर्ति मन्त्रालयले इन्धनमा लगाएको कोटा प्रणाली हटाउँदै सर्वसाधारणलाई चाहेजति इन्धन भर्न दिन निर्देशन दिएको छ । आपूर्ति मन्त्री गणेशमान पुनले आपूर्ति व्यवस्था सहज हुँदै गएकाले नाकाबन्दीमा लगाइएको कोटा प्रणाली हटाएको जानकारी दिए । ‘पेट्रोलियम पदार्थमा हालसम्म मोटरसाइकलमा ५ लिटर, चार पांग्रेमा १५ लिटर बिक्री वितरण गर्ने गरिएकोमा अब उप्रान्तदेखि परिमाणात्मक बन्देख खारेज गरिएको छ,’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा लेखिएको छ, ‘अब आवश्यक अनुसार सबैले डिजेल, पेट्रोल तथा मट्टितेल भर्न सकिने व्यवस्था गरिएको छ ।’
मन्त्रालयले आधा सिलिण्डर ग्यास बाँड्ने पूर्वनिर्णय पनि खारेज गरेको छ । ‘आम उपभोक्ताको हितलाई ध्यान राख्दै उपभोक्तावादी संस्था, नेपाल आयल निगम, आपूर्ति तथा उपभोक्ता हित संरक्षण मञ्च तथा नेपाल एलपी ग्यास उद्योग संघसँगको छलफल बमोजिम हाल बजारमा प्रचलनमा रहेको ७.१ केजी ग्यास सिलिन्डरलाई नियमानुसार १४.२ केजीमा लैजाने आजैका मितिमा निर्णय भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।
मन्त्रालयले रक्सौल नाका खेलेपछि पनि बजारमा दैनिक मागको ७० प्रतिशतमात्रै भारतीय आयल निगम (आईओसी)बाट लोड भएकाले पूर्णरुपमा सहज हुन नसकेको जनाएको छ ।
काठमाडौं उपत्यकामा भने सामान्य अवस्थामा भएको मागभन्दा बढाएर वितरण भएको जानकारी दिएको छ ।
मन्त्रालयले ग्यासको वितरण प्रणाली सुलभ बनाउन नेपाल आयल निगममा कन्ट्रोल रुम बनाएर निगरानी सुरु गरिएको जानकारी दिएको छ
कान्तिपुरबाट
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

