Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

फेसबुकमा स्टाटस लेखेर मर्न लागेका युवालाइ प्रहरीले यसरी बचायो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, फाल्गुन, २९
फेसबुकमा  स्टाटस लेखेर मर्न लागेका युवालाइ प्रहरीले यसरी बचायो

सुसाइट नोट लेखेर फेसबुक वालमा पोष्ट गरेका एक युवकलाई प्रहरीले आत्महत्या गर्नबाट बचाएको छ । विहिबार झापा बस्ने बि.ए.मा अध्ययनरत एक युवकले आत्महत्या नोट लेखी आफ्नो फेसबुकमा पोष्ट गरे लगतै फेसबुक आयरल्याण्डले उक्त पोष्ट पश्चातको प्रोफाईल अध्ययन गर्दा एक्टिभिटि शुन्य पाएकोले तत्काल नेपाल प्रहरीलाई ईमर्जेन्सि एलर्ट गराई ज्यान रक्षाको लागि अनुरोध गरेको थियो ।
महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक पशुपतिकुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले ईमर्जेन्सी रेस्पोन्स गरी तत्काल अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानबाट आत्महत्या गर्न लागेको युवकलाई पत्ता लगाई आवश्यक काउन्सिलिङ समेत प्रदान गरी दुर्घटनाहुनबाट जोगाउन सफल भएको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
सामान्य अवस्थामा आए पश्चात युवकले नेपाल प्रहरीको तदारुकता माथी आश्चर्य व्यक्त गर्दै धन्यवाद ज्ञापन गरी अव उप्रान्त यस्तो कार्य नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अभिभावकहरुले आफ्ना किशोर किशोरी छोराछोरीहरुको कृयाकलाप माथी विषेश अभिरुची राखी सम्भावित खतराबाट जोगिन आवश्यक सल्लाह, सुझाव र निग्रानी राख्न हुन महानगरीय अपराध महाशाखाले अनुरोध गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स