• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ असार २०८३, मङ्गलबार
०२ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
  • ६ घण्टा 

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने
  • ११ घण्टा 

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
  • १२ घण्टा 

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु
  • २३ घण्टा 

संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य
  • २३ घण्टा 

विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर
  • २४ घण्टा 

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
  • २४ घण्टा 

सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता
  • २४ घण्टा 

अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ४. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ६. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ७. आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

  • ८. ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

  • ९. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • १०. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

एसईई पछि पढ्ने विषय कसरी छनोट गर्ने ?

जानकारी केन्द्र २०८१, असार, २५

काठमाडौं । सामान्यतया सबै विद्यार्थीहरुले १५ देखि १६ वर्षको उमेरमा कक्षा १० सम्मको पढाइलाई पुरा गर्छन् । पहिले कक्षा १० सम्मको पढाइलाई स्कुल शिक्षा र कक्षा ११ देखि माथिको पढाइलाई उच्च शिक्षाको रुपमा लिने गरिन्थ्यो । तर, पछिल्लो समयमा नेपालमा कक्षा ११ र १२ लाई पनि विद्यालय माध्यमिक शिक्षा अन्तर्गत राखिएको छ ।

सामान्यतया कक्षा १० सम्म पढ्ने विद्यार्थीहरुले के पढ्ने, कुन विषय पढ्दा व्यवहारिक हुन्छ भन्ने जस्ता प्रश्नहरुको सिर्जना गर्ने र त्यसको जवाफ खोज्ने क्षमता कम राख्छन् । त्यसैले उनीहरुले अभिभावकले भनेको, स्कुलले व्यवस्था गरेको र साथीसँगीको संगतले विषय छनौट गर्ने गरेको पनि पाइन्छ । त्यो मात्रै नभएर कक्षा १० सम्मको तहमा विद्यार्थीहरुलाई धेरै विषय छनोट गरेर पढ्ने सुविधा पनि हुँदैन ।

कक्षा १० पास भइसकेपछि अर्थात एसईई उत्तिर्ण गरेपछि विद्यार्थीहरु मनोवैज्ञानिक रुपमा केहि स्वतन्त्र भएको र आफ्नो आगामी जीवन प्रति पनि थप जिम्मेवार भएको महशुस गर्छन् । जस कारणले गर्दा विद्यार्थीहरुले आगामी दिनमा आँफू कस्तो मान्छे बन्ने र त्यसको लागि के विषय पढ्दा राम्रो होला भनेर सोच्ने कोसिस गर्छन् ।

सोही बेलामा विद्यार्थीहरुलाई सहि सुझाव तथा सल्लाहको आवश्यकता पर्छ । त्यसैले, आज हामीले भर्खरै एसईई उत्तिर्ण गरेका विद्यार्थीहरुलाई आगामी दिनमा विषय छनोटको लागि सजिलो होस भनेर एसईई पछि के पढ्ने भन्ने विषयमा जानकारी दिने कोसिस गरेका छौं ।

विज्ञान  (Science):
रुचि : विज्ञान, गणित, टेक्नोलोजी, र अनुसन्धानमा रुचि हुने विद्यार्थीहरूले विज्ञान विषय छनोट गर्न सक्छन् ।
क्षमता : गणित र विज्ञानमा राम्रो गर्ने, समस्याहरू हल गर्न रुचि राख्ने र तार्किक सोच भएको विद्यार्थी ।
भविष्य : इन्जिनियरिङ, मेडिकल, बायोटेक्नोलोजी, फार्मेसी, कम्प्युटर साइन्स र अन्य प्राविधिक क्षेत्रमा करियर बनाउने सोच भएका विद्यार्थी ।
उदाहरण : एसईईमा गणित र विज्ञान विषयमा राम्रो अंक ल्याउने विद्यार्थीले विज्ञान विषय छनोट गर्न सक्छन् ।

व्यवस्थापन (Management):
रुचि : व्यवसाय, वित्त, व्यवस्थापन र उद्यमशीलतामा रुचि हुने विद्यार्थी ।
क्षमता : सङ्गठनात्मक क्षमता, नेतृत्व कौशल र संख्यात्मक सोच भएको विद्यार्थी ।
भविष्य : व्यवस्थापन, एकाउन्टिङ, बैंकिङ, फाइनान्स, मार्केटिङ र उद्यमशीलता जस्ता क्षेत्रमा करियर बनाउने योजना भएका विद्यार्थी ।
उदाहरण : गणित र सामाजिक अध्ययनमा राम्रो प्रदर्शन गर्ने विद्यार्थीले व्यवस्थापन विषय छनोट गर्न सक्छन् ।

मानविकी (Humanities):
रुचि : इतिहास, साहित्य, समाजशास्त्र, मनोविज्ञान र कला क्षेत्रमा रुचि हुने विद्यार्थी ।
क्षमता : लेखन कौशल, विश्लेषणात्मक सोच र सामाजिक मुद्दाहरूमा रुचि भएको विद्यार्थी ।
भविष्य : सामाजिक कार्यकर्ता, पत्रकारिता, कानुन, शिक्षा र सार्वजनिक प्रशासन जस्ता क्षेत्रमा करियर बनाउने विद्यार्थी ।
उदाहरण : सामाजिक अध्ययन र नेपालीरअंग्रेजी विषयमा राम्रो अंक ल्याउने विद्यार्थीले मानविकी विषय छनोट गर्न सक्छन् ।

शिक्षा (Education):
रुचि : शिक्षा, अध्यापन र बालबालिका तथा किशोरकिशोरीको विकासमा रुचि हुने विद्यार्थी ।
क्षमता : धैर्यता, सुसंगतता र शिक्षा क्षेत्रको ज्ञान भएको विद्यार्थी ।
भविष्य : शिक्षक, शिक्षा परामर्शदाता र शिक्षण व्यवस्थापन जस्ता क्षेत्रमा करियर बनाउने विद्यार्थी ।
उदाहरण : सबै विषयमा सन्तुलित प्रदर्शन गर्ने र अध्यापनमा रुचि राख्ने विद्यार्थीले शिक्षा क्षेत्र छनोट गर्न सक्छन् ।

सूचना प्रविधि  (Information Technology):
रुचि : कम्प्युटर, प्रोग्रामिङ र टेक्नोलोजीमा रुचि हुने विद्यार्थी ।
क्षमता : तार्किक र विश्लेषणात्मक सोच, समस्या समाधान गर्ने कौशल र टेक्नोलोजीमा रुचि भएको विद्यार्थी ।
भविष्य : सफ्टवेयर विकासकर्ता, नेटवर्किङ, साइबर सुरक्षा र डाटा एनालिसिस जस्ता क्षेत्रमा करियर बनाउने विद्यार्थी ।
उदाहरण : कम्प्युटर विज्ञान र गणितमा राम्रो प्रदर्शन गर्ने विद्यार्थीले आईटी विषय छनोट गर्न सक्छन् ।

कृषि विज्ञान (Agricultural Science):
रुचि : कृषि, वनस्पति विज्ञान र वातावरण संरक्षणमा रुचि हुने विद्यार्थी ।
क्षमता : जैविक विज्ञानमा ज्ञान, प्रयोगात्मक कार्यमा रुचि र वातावरणीय सोच भएको विद्यार्थी ।
भविष्य : कृषि वैज्ञानिक, वातावरण विज्ञ, कृषि व्यवसाय व्यवस्थापक र अनुसन्धानकर्ता जस्ता क्षेत्रमा करियर बनाउने विद्यार्थी ।
उदाहरण : जैविक विज्ञान र पृथ्वी विज्ञानमा राम्रो अंक ल्याउने विद्यार्थीले कृषि विज्ञान विषय छनोट गर्न सक्छन् ।

विद्यार्थीहरूले आफ्नो रुचि, क्षमता, र भविष्यको करियर लक्ष्यलाई ध्यानमा राखेर विषय छनोट गर्नु महत्वपूर्ण छ । पहिलो नम्बरमा आफ्नो रुची चाहिँ पहिचान गर्नुपर्छ । तपाईं के मा राम्रो गर्न सक्नुहुन्छ ? के कुरामा तपाईलाई मज्जा आउँछ रु के काम गर्दा सामाजिक सञ्जाल चलाउनु पर्दैन, घडी पनि हेर्नु पर्दैन र अल्छि पनि लाग्दैन त्यो विधा पहिचान गर्नुपर्छ । यसको लागि तपाईंले आफ्नो शिक्षक र अभिभावकको सहयोग लिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक

ताजा

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.