• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २९, २०८२
आइतबार, असार २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर

यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ७. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • ९. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

  • १०. आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

पिच्कारीले एसिड छ्यापेर भागे पछि रिताको यो हालत

दाङ-बिहीबार साँझ सात बजे। लोडसेडिङ समय। घोराही–२, गुलरियाकी रीता चौधरी पसल बन्द गर्ने तयारीमा थिइन्। मोटरसाइकलमा एक ग्राहक (युवक) आयो। मास्क लगाएको उसले मोटरसाइकलबाट ओर्लिएर एक खिल्ली चुरोट माग्यो। रीताले चुरोट दिइन्। फेरि नमकिन माग्यो।
नमकिन निकालेर दिँदै थिइन्, रीताको अनुहारमा पिचकारीलले एसिड ऊ झटपट भागिहाल्यो । रीता एसिडको जलनले जोडजोडसँग चिच्याइन् ।

अनुहारको दायाँ भागदेखि छातीसम्म एसिडले भिज्यो । उनी छटपटाउन थालिन् । नजिकै कोही थिएनन् ।

‘पसल बन्द गर्छु भनेर ढोका बन्द गर्ने तयारीमा थिएँ,’ अस्पतालमा रहेकी उनले नागरिकसँग भनिन्, ‘चुरोट किन्ने बहाना बनाएर मलाई एसिड छर्केर भाग्यो ।’ झमक्कै साँझ परिसकेको र मास्क लगाएकाले त्यो अपराधीलाई रीताले चिन्न सकिनन् ।

‘एक त लाइन थिएन, त्यसमाथि उसले मास्क लगाएको थियो,’ उनले भनिन्, ‘पिचकारीबाट एसिड हानेर बाहिरतिर दौडियो ।’

सानो छोराले आमाको छटपटी देखेर अत्तालिँदै मामा राजेशलाई फोन गरेर बोलाए । पाँच मिनटमै राजेश पुग्दा रीताको अनुहारको दायाँ भागदेखि छातीसम्मै पूरै डढिसकेको थियो । कपाल समेत झरेको थियो । ‘म भान्जाले बोलाएको पाँच मिनटमै पुगेको थिएँ,’ राजेशले भने, ‘त्यो बेला दिदी जलनले छटपटाइरहनुभएको थियो ।’

राजेशले तत्काल रीतालाई राप्ती उपक्षेत्रीय अस्पताल पुर्याए । अस्पतालले लगत्तै कोहलपुर रेफर गरिदियो । ‘राति १ बजेतिर अस्पताल पुर्याएका हौं,’ राजेशले भने, ‘दिदीलाई छ्यापिएको एसिडै हो भन्ने कोहलपुर अस्पतालले पुष्टि गरिसकेको छ ।’

एसिड प्रहारबाट सख्त घाइते रीताको शिरदेखि छातीसम्म दायाँ भाग जलेको छ । एसिडले रीताको कपाल झरेको छ । दायाँ गाला घाँटी हुँदै छातीको दायाँ भाग पूरै जलेको छ । बेहोस अवस्थामा कोहलपुर पु¥याइएकी रीता शुक्रबार बिहान मात्र बोल्न सकेको इप्रका, कोहलपुरका हवल्दार रणबहादुर बोगटीले जानकारी दिए ।

‘टाउकाको दायाँ भागबाट तल एसिडले जलेको छ,’ उनले भने, ‘दायाँ गाला हुँदै छातीसम्म जलेको छ, राति बेहोस अवस्थामा उहाँलाई ल्याइएको थियो, बिहानदेखि बल्ल सामान्य बोल्न सक्ने हुनुभएको छ ।’

एसिडले जलेको भागमा प्लास्टिक सर्जरी गरेर उपचार गर्ने तयारी भइरहेको डा. विनोद कर्णले बताए । एसिडले जलेको भाग कति गहिरो छ, भन्ने यकिन गरेर सोहीअनुसार उपचार थाल्ने उनले जनाए । ‘सामान्य छाला मात्र डढेको रहेछ भने छाला काटेर फालिदिए मात्रै पनि उपचार सम्भव हुन्छ,’ उनले नागरिकसँग टेलिफोनमा भने, ‘भित्रैसम्म डढेको अवस्था रहेछ भने जलेको मासु पूरै फालेर अन्तको मासु काटेर हाल्नुपर्छ ।’

प्रहरीले एसिड छ्याप्ने व्यक्ति र घटनाको कारण पत्ता लगाइसकेको छैन । रीताको परिवार विगतमा छिमेकीसँगका झगडा यसको कारण हुन सक्ने दाबी गर्छ । सोही आधारमा प्रहरीले अनुसन्धान तीव्र पारेको जनाएको छ ।

परिवारका अनुसार जग्गा मिचेको विषयमा छिमेकीसँग बेलाबेला विवाद हुँदै आएको थियो रीताको । एसिड प्रहार भएको अघिल्लो दिन पनि साँधसीमाको झगडा परेको थियो । ‘जग्गाको विषयमा झगडा हुन्थ्यो,’ रीताका बाबु रामप्रसादले भने, ‘तर यही कारण हो भन्न सकिने अवस्था छैन ।’

छिमेककै एक व्यक्तिले पनि पटकपटक रीतालाई त्रास दिने गरेको उनको परिवारले जनाएको छ । ती व्यक्तिसँग पनि रीतासँग जग्गा सीमाकै विवाद भइरहन्थ्यो । उनका श्रीमान विदेश छन् । राति घरमा ढुंगा हानेर तर्साउने गरिएको यसअघि भएको रीताका बुबा रामप्रसादले बताए ।

‘केही दिनदेखि छोरीको घरमा ढुंगा हानेर तर्साउनेजस्ता काम भइरहेका थिए,’ उनले भने, ‘मैले यस्तो भइरहेको छ भनेर प्रहरीमा पनि जानकारी गराएको थिएँ ।’

यसअघि जिल्लामा एसिड प्रहारको घटना भएको थिएन । जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाशराज शर्माले आफूहरूलाई प्राप्त सूचनाका आधारमा विभिन्न कोणबाट अनुसन्धान थालेको र तत्काल अभियुक्त पक्राउ पर्ने बताए।
नागरिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने
    मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ को अवस्था गम्भीर
    • यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर
    • रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर
    • बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस
    • आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.