• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, माघ ०६, २०८२
सोमबार, माघ ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से परिसूचकमा ३१ अंकको वृद्धि

शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा

हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने

एग्रीटेक एक्स्पोको दोस्रो दिन १७ हजार बढीले गरे अवलोकन : इभी ट्रकमा आकर्षण

सुनको मुल्य तोलामा पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोजगारीको अवसर, विभिन्न पदमा आवेदन माग

मेयर पदबाट बालेन शाहले राजीनामा दिँदै

लोकप्रिय समाचार

  • १. २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

  • ३. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ४. जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

  • ५. सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • ६. २०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

  • ८. नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

  • ९. काठमाडौंमा आज कडा जाडो, न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस 

  • १०. राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति

यस्तो छ आजदेखि संचालन हुने हाइटेक मेट्रो बस

सार्वजनिक यातायातको यात्रा भन्ने वित्तिकै अधिकांशको मानसपटलमा कोचमकोच, कष्टकर र ढिलासुस्ती छाउने गर्दछ । त्यसमाथी पनि काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको यात्रा त धेरैका लागि सकसपूर्ण बन्न पुगेको छ । तर अव भने केहीहदसम्म उपत्यकाको सार्वजनिक यातायातको यात्रा सहज, सुरक्षित, आनन्ददायी र मनोरञ्जनात्मक यात्रा बन्ने भएको छ ।

लामो समयदेखि नेपाली यातायात क्षेत्रमा काम गर्दै आएका यातायात व्यवसायीहरुको करिव १६ करोडको लागनीमा स्थापना गरिएको महानगर यातायात प्रा.लि.ले नेपालमै पहिलो पटक राजधानी काठमाडौंमा सुविधासम्पन्न, अत्याधुनिक प्रविधी जडित हाइटेक मेट्रो सेवाको शुरुवात गर्ने भएको छ ।

जसबाट सार्वजनिक यातायातको यात्राले नयाँ परिभाषा पाउने विश्वास महानगर यातायात प्रा.लीले गरेको छ । ‘हाइटेक मेट्रो बसमा प्रदान गरिएका यात्रुमैत्री विशेषताहरुले सार्वजनिक सवारी साधनको यात्रालाई सुरक्षित, आनन्ददायी र रमणणीय मात्र बनाउँदैन’, प्रा.लीका संस्थापक उपाध्यक्ष एवं काठमाडौं नगरको ट्राफिक जामलाई न्युनिकरण गर्ने अभियानमा जुटेका सन्तोष खतिवडाले अन्नपूर्णसँग भने,‘ यसले यात्रुलाई विल्कुलै फरक बसमा सवार भएको महसुस समेत गराउँने छ ।’ उनका अनुसार आइतबार (आज) देखि उपत्यकामा सञ्चानलमा आउने ३९ वटा हाइटे मेट्रो बसले पहिलो चरणमा नन स्टप् चक्रपथ परिक्रमा गर्ने भएका छन् ।

हाइटेक मेट्रो बसमा रहेको ‘लोकेसन ट्रयाकिङ’ सिष्टम सहितको मोबाइल एप्सले यात्रुहरुलाई आफ्नो निवासबाटै निकट दुरीमा रहेको बस र यसमा रहेका यात्रुको संख्याबारे समेत जानकारी दिने भएकाले यात्रुहरुले आफू चढ्ने बसको छनौट निवासबाटै गर्न सक्नेछन् ।

उक्त सेवाले यात्रुहरुलाई गाडीको पर्खाइमा स्टेसनमा पट्यार लाग्दोगरी कुर्नु पर्ने अवस्थाको अन्त्य गर्ने विश्वास उनको छ । बसमा उपलब्ध निशुल्क वाइफाइ तथा एलइडी टेलिभिजनको सुविधाले यात्रुहरुलाई यात्रा मनोरञ्जनात्मक बनाउन सहयोग गर्नेछ जसले गर्दा लोकल बसको यात्रा पनि लामोदुरीको बस जत्तिकै रमणीय बन्ने विश्वास हामीले लिएका छौं’, उनले भने ।

करिव ३० वर्षदेखि मुलुकका विभिन्न ठाउँमा यातायात सेवा सञ्चालन गरिरहेका प्रा.लीका सञ्चालक अच्युत अधिकारीले नेपाली यातायात क्षेत्रमा देखिएका विसंगति र अप्ठ्याराका बाबजुत विकसित शहरमा जस्तै सभ्य, सुविधा सम्पन्न र ब्यवस्थित बस सेवा सञ्चालन गर्न थालेको बताए । उनले पहिलो चरणमा काठमाडौं चक्रपथमा सञ्चालन गरिने उक्त सेवा आगामी दिनमा यात्रुको माग भए अनुसार विस्तार गर्दै जाने लक्ष्य महानगरले लिएको जानकारी समेत दिए ।

सार्वजनिक यातायातको कालोपक्षको रुपमा रहेको सार्वजनिक यातायातमा महिला यात्रुमाथिको यौन दुब्र्यवहार तथा आम यात्रुहरुले कुनै पनि दुब्र्यवहारको पीडित हुन नपरोस् र पकेटमार या चोरी जस्ता समस्या झेल्नु नपरोस् भन्ने सुनिश्चित गर्न महानगरका सबै वसभित्र सिसिटिभी क्यामेरा जडान गरिएको छ । उक्त यातायातले महिलाहरुलाई विशेष स्थानमा राखेको छ ।

‘हामीले हाम्रा मेट्रो बसमा सम्भव भए सम्म आतिथ्यका प्रतिक मानिने महिला परिचारीकाको ब्यवस्था गरेका छौं’, महानगर यातायात प्रालीका अध्यक्ष मधुसुधन उपाध्यायले भने,‘ आगामी दिनमा सबै बसमा महिला परिचारीकाकै ब्यवस्था गर्ने योजना समेत हाम्रो छ । माइती नेपालको संरक्षणमा रहेका महिलालाई रोजगारीको अवसर दिँदै उक्त बसको परिचारीकाका रुपमा खटाइएको हो ।

यात्रुहरुले आफ्नो गन्तब्यको विषयमा जानकारी नपाउँदा हुने असहजता सम्बोधन गर्नका लागि महानगरले प्रत्येक स्टेसनमा पुगेको जानकारी बसमा रहेको डिस्प्ले स्क्रिन र आवाजबाटै यात्रुले सुनिने गरी दिने सुविधाको ब्यवस्था गरिएको छ । ‘

महानगरका मेट्रो बस देखाइमा सुन्दर र आकारमा ठूला मात्रै छैनन्, उभिएका यात्रुका लागि समेत हयाङिग स्ट्रापसहितका यी बस यात्रु चढाउने र ओराल्ने बाहेक समय नष्ट नगरी यात्रुहरुलाई सबैभन्दा छिटो गन्तब्यमा पुर्‍याउन प्रयासरत हुनेछन्’, खतिवडाले भने,‘काठमाडौंको सदावाहार समस्याकोरुपमा रहेको ट्राफिक जाम ब्यवस्थापन सहज बनाउन तथा आयातित इन्धनमा आधारित निजी सवारीको विकल्पकोरुपमा पनि यो बस सेवा शुरुवात गरिएको हो ।’
अन्नपुर्न पोष्ट बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक
    हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने
    एग्रीटेक एक्स्पोको दोस्रो दिन १७ हजार बढीले गरे अवलोकन : इभी ट्रकमा आकर्षण

    लोकप्रिय

    २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

    सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    ताजा

    २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से परिसूचकमा ३१ अंकको वृद्धि

    शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

    काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से परिसूचकमा ३१ अंकको वृद्धि
    • शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक
    • काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा
    • हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.