दुर्घटनामा चालकको मृत्यु, चार घाइते
जानकारी केन्द्र
२०७२, चैत्र, १
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्किबास–५ दाउन्नेमा गए राति ग्यास बुलेट अनियन्त्रित भई पल्टँदा चालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ गुडिरहेको एनएल०१एल ३९२२ नम्बरको भारतीय ग्यास बुलेट अनियन्त्रित भई पल्टँदा बुलेटका चालक पटना आरसिया नगर–१६ विहार बस्ने २४ वर्षीय सोनुकुमार थापाको मृत्यु भएको हो ।
उनको शव दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै गए राति नै सोही ठाउँमा ट्रक र एलपी ग्यासको बुलेट एकापसमा ठक्कर खाँदा चार जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ गुडिरहेको लु१ख ४७३७ नम्बरको ट्रक र जीजे ६२५४०४ नम्बरको एलपी ग्यास ठक्कर खाँदा घाइते भएका चारै जनाको चितवनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

