श्रीमान् चोर श्रीमती अपहरणकारी
श्रीमान् चोर श्रीमती अपहरणकारी । यसतो सुन्दै अचम्म लाग्न सक्छ । तर, यो कुनै कथा हौइन ।
विवाहको २ दिनमै चोरी अभियोगमा पक्राउ परेका श्रीमान्लाई छुटाउन श्रीमती बालिका अपहरणमा संलग्न भइन् । अन्ततः अपहरणकारी भएको अभियोगमा श्रीमति पनि प्रहरीकै फन्दामा छिन् ।
भागेर विवाह गरेका काभ्रेका प्रकट भनिने विष्णु भण्डारी र विनिता बाँस्कोटा प्रहरी नियन्त्रणमा परेका छन् । उनीहरुले माघ २८ गते विवाह गरेका थिए ।
त्यसको ३ दिनपछि चछोरी अभियोगमा समातिएका विष्णु अदालतले मागेको धरौटी बुझाउन नसकेपछि थुनामा र विनिता ललितपुर प्रहरीको हिरासतमा छन् । अपहरण योजनामा विनितालाई सघाएको अभियोगमा भीमसेन भण्डारी पनि प्रहरी नियन्त्रणमा छन् ।
विष्णु मोटरसाइल चोरी अभियोगमा काभ्रेाको बनेपाबाट पक्राउ परेका थिए । विनिता मालिककी छोरी अपहरण अभियोगमा काठमाडौंबाट पक्राउ परेकी हुन् ।
अपहरणमा सघाउने भीमसेन नाताले उनका देवर हुन् । विनिताले भिमसेनलाई १० हजार रकम दिएर बालिका अपहरणमा संलग्न गराएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
अदालतले मागेको धरौटी बुझाउन नसकेपछि विष्णुले भाय र श्रीमतीमार्फत मालिककी छोरी अपहरण गर्न लगाएका प्रहरी अनुसन्धानले देखाएको छ ।
कारोबारबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

