शेर्पा ‘विना अक्सिजन २४ घण्टाभित्र २ पटक सगरमाथा चढ्दै’
सगरमाथा आरोहण कृतिमान कायम गर्ने शैली फरक फरक छन् । विना अक्सिजन सगरमाथा आरोहण गरेर रेकर्ड कायम गर्नेहरुपनि छन् । तर, जन्तरखानी–९ दम्मरका देण्डी शेर्पाले विना अक्सिजनको सहयोगले २४ घण्टाभित्र दुई–दुई पटक सगरमाथा सफल आरोहण गर्ने अठोट साथ अघि बढेका छन् । विभिन्न हिमालहरुको सफल आरोहण गरिसकेका शेर्पाले सन् २०१६ भित्र किर्तिमान कायम गर्ने योजना सहित अभियान सञ्चालन गरेका हुन् । पर्वतीय पर्यटनमा शेर्पाहरुले आफ्नो छुट्टै इतिहास निर्माण गरिहेको वेला शेर्पाको यो अठोटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भूकम्पपछिको नेपालको अवस्थालाई ध्यानमा राख्दै पर्वतारोहण अभियान सञ्चालन गरेको शेर्पाले वताए । वसन्त ऋतु पारेर आरोहण गर्ने र जसको सम्पूर्ण तयारी पूरा भएको शेर्पाले जानकारी दिए । देण्डीसँगै पात्ले–३ का ग्यालु शेर्पा लगायत ४ जनापनि आरोहणदलमा छन् । सगरमाथाको सफल आरोहणका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटिरहेको देण्डीले जानकारी दिए । अभियान सफल पार्न आवश्यक सहयोगका लागि समेत उनीहरुले आह्वान गरे ।
शेर्पाखबर बाट
सम्बन्धित समाचार
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

