भारत र इयूको संयुक्त वक्तव्यमा नेपालको संविधानमाथि टिप्पणी
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल र भारतवीचको सम्बन्धमा सहजता आएको विश्लेषण भईरहेको बेला यूरोपेली मुलुकको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रीले नरेन्द्र मोदी औपचारिक रुपमा नेपालको संविधान प्रति असन्तुष्टी प्रकट गरेर सम्बन्धमा दरार कायमै रहेको स्पष्ट पारेका छन ।
बेल्जियमको ब्रसेल्समा आयोजित भारत–इयू शिखर सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेपालको संविधान बारे उल्ललेख गरिएको छ ।
संयुक्त वक्तव्यमा नेपालको संविधान बारे उल्लेख गर्दै ‘समयसीमा तोकेर बाँकी मुद्दा सम्वोधन गर्न’ सुझाव दिइएको छ ।
४१ बुँदे संयुक्त वक्तव्यको १७ औं नम्बर बुँदामा भनिएको छ, ‘दुवै पक्ष नेपालमा टिकाउ र समावेशी संवैधानिक व्यवस्थाको आवश्यकतामा सहमत भएका छन, जसले समयसीमाका आधारमा बाँकी संवैधानिक मुद्दाहरुलाई सम्वोधन गर्नेछ र राजनीतिक स्थायित्व तथा आर्थिक विकास प्रबर्द्धन गर्नेछ ।’
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

