अायल निगमको ट्याँकर सहित कालोवजारी गर्नेहरू यसरी पक्राउ परे
ललितपुर , वज्रवाराही नगरपालिका–११ टाखेल चौतारामा रामकुमार थोकरले चलाएको ना.२ ख ६६९८ नम्बरको नेपाल आयल निगमको तेल ट्याँकरमा ३ हजार लिटर डिजेल नेपाल सरकारको नीति नियम विपरित शान्ति कन्सक्ट्रसन प्रा.लि. को लागि लैजाँदै गरेको अवस्थामा महानगरीय प्रहरी बृत्त चापागाउँको प्रहरीले बुधबार डिजेलसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ट्यांकर चालक मकवानपुर थाहा नगरपालिका–११ बस्ने ४१ वर्षीय रामकुमार थोकर र शान्ती कन्सक्ट्रसन प्रा.लि. का संचालक ललितपुर वज्रवाराही नगरपालिका–११ बस्ने ३८ वर्षीय रामकृष्ण बस्नेत रहेका छन् ।
यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरीले ललितपुर वज्रवाराही नगरपालिका–१० प्याङ्गगाउँ चउरबाट लु.अ फ ५००० नम्बरको नयाँ मिनीटाटा ट्रकमा २ सय ५० लिटर जाने १२ वटा ड्रममा ३ हजार लिटर डिजेल ल्याई वजार मुल्य भन्दा वढी मुल्यमा विक्री वितरण गर्ने उद्धेश्यले लुकाइ छिपाई राखेको र विक्री वितरण गरी सकेको ३ वटा खाली ड्रमसहित काभ्रेपलाञ्चोक मिल्चे–६ बस्ने ३९ वर्षीय दिलबहादुर वाईवा र ललितपुर वज्रवाराही नगरपालिका–१० बस्ने २५ वर्षीय दिपक घिमिरेलाई मंगलबार पक्राउ गरेको छ ।
पक्राउ अभियुक्तहरुका सम्बन्धमा सोही कार्यालयवाट कालोवजारी मुद्धामा थप आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

