भारतको ओडिशामा बस पल्टिँदा २५ जनाको मृत्यु भएको छ । ११ जना गम्भीर घाइते भएका छन् । ओडिशाको बरगाढ रेमताबाट देवगढका लागि छुटेको बस तिलेबानी गेलोहाटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस सडकबाट दुई सय ५० फिट तल खसेको हो । घना जंगलमा बस पल्टिएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । बसमा ४० जना रहेको बताइएको छ । दुर्घटनामा आठ जनालाई सकुशल उद्धार गरिएको छ ।