आफनै २४ बर्षीया जेठी श्रीमतीको हत्या गर्ने भसेढवा–६ बस्ने २७ बर्षीय रामनारायण दासलाई प्रहरीले पक्राउ गरेको छ । दासले मंगलबार राति जेठी श्रीमती २४ बर्षीया मन्जुदेवी दासलाई टाँउकोमा ढुंगाले हानी हत्या गरेर इलाका प्रहरी कार्यालय कटहरीयामा आएका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी केन्द्र लाइ बताएको छ ।