इमेजखबरको फेसबुक पेज ह्याक गर्नेलाइ प्रहरीले यसरी समात्यो
इमेज च्यानलको फेसबुक पेज ह्याक गरेको अभियोगमा बर्दीया देउडाकला–३ माछाकला घर भई नेपालगंज–२ बाँके बस्ने ताजा मिडियाका संचालक २८ बर्षीय प्रेम बहादुर वि.क.लाई पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ ।
नेपाल प्रहरीका अनुशार च्यानलको फेसबुक पेज मध्ये इमेजखवर पेजमा हाम्रा भ्युवर माझ अन्यन्त लोकप्रिय रहेको र उक्त पेजको करीव १५ लाख भन्दा बढी लाईक रहेकोमा अज्ञात व्यक्तिले उक्त पेज ह्याक गरी अर्को पेजमा मर्ज गरेको हुदाँ आवश्यक कानूनी कारवाही गरी पाउ भनी महानगरीय अपराध महाशाखामा उजुरी दिएपछि खटिएको प्रहरीले वि.क.लाई पक्राउ गरी आइतबार महाशाखामा ल्याएको हो । प्रहरीले वि.क.को साथबाट २ थान ल्यापटप र २ थान मोवाइल समेत बरामद गरेको छ ।
प्राप्त सवुत प्रमाणको एनलाइस र टेक्निकल इन्टेलेन्स को माध्यमबाट अनुसन्धान गर्दै जाँदा च्यानलको उक्त पेज ह्याक गरी नयाँ फेसबुक पेज भाइरलखवर बनाई संचालनमा ल्याएको फेला परेको थियो । वि.क. उपर बिद्युतीय कारोवार ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
