Jankari Kendra
२९ भाद्र २०८३, सोमबार
Worldlink

फेसबुकमा नक्कली एकाउन्ट बनाउन नमिल्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, बैशाख, १६
फेसबुकमा नक्कली एकाउन्ट बनाउन नमिल्ने

फेसबुकले नयाँ फिचर ल्याउने भएको छ। यस फिचरमा अब कुनै पनि फेसबुक प्रयोगकर्ताले अर्को व्यक्तिको नक्कली फेसबुक एकाउन्ट बनाउन सक्ने छैनन्।

 यस फिचर अन्तर्रगत कुनैव्यक्तिको फोटो प्रयोग गरेर नक्कली फेसबुक एकाउन्ट बनाउन खोजेमा फोटो प्रयोग गरिएको व्यक्तिलाई जानकारी हुनेछ र कसैले तपाईको नक्कली फेसबुक एकाउन्ट बनाउँदै छ भनी फेसबुकले नोटिफिकेशन पनि पठाउने छ।

कुनै पनि प्रयोगकर्ताको प्रोफाइल फोटो राखेर नक्कली फेसबुक एकाउन्ट बनाउन लागिएमा उक्त प्रोफाइललाई केही प्रश्नको घेरा भित्र राखिने छ।

प्रयोगकर्ताले दिएको जानकारी सही ठहरीएमा मात्र एकाउन्ट बन्ने छ। फेसबुकको यो नोटिफिकेशन प्रोसेस अटोमेटिक हुनेछ।

फेसबुकले यस फिचरलाई केही समय अघि परीक्षण गरेको थियो। छिट्टै नै यो फिचर विश्वव्यापी रुपमा लागू हुने फेसबुकले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स