Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

मलेसियाले २६ सय नेपाली कामदारलाई नेपाल फिर्ता गर्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, बैशाख, १७
मलेसियाले २६ सय नेपाली कामदारलाई नेपाल फिर्ता गर्यो

मलेसियाले अवैधानिक रुपमा बसिरहेको अभियोगमा २६ सय नेपाली कामदारलाई स्वदेश फिर्ता पठाएको छ । मलेसियाले बिगत ४ महिनादेखि हालसम्म २६ सय नेपालीलाई पक्राउ गर्दै घर पठाइएको हो ।

अवैधानिक कामदारहरुलाई मात्र मलेसियाले पक्राउ गरी आ-आफ्नो देश फिर्ता पठाएको हो । मलेसियाले गत फेब्रुअरीदेखि अवैध कामदारलाई वैधानिक हुन अवसर समेत दिएको थियो । तर, आफूलाई वैध बनाउन अटेर गरेकाहरुलाई पक्राउ गर्दै मलेसियाले फिर्ता पठाइरहेको हो ।

यसरी मलेसियाबाट चार महिनायता ४० हजार विदेशी कामदार निष्काशित भइसकेका छन् । जसमा सबैभन्दा बढी इन्डोनेसियन रहेका छन्, मलेसियाले २० हजार इन्डोनेसियनहरुलाई फिर्ता पठाएको छ त्यस्तै ४९ सय बर्मेली, ३९ सय बंगलादेशी, २७ सय भारतीय कामदारलाई मलेसियाले फिर्ता पठाएको छ ।

अहिले मलेसियामा सरकारले पुनः दर्ता र डिपोर्टको प्रक्रिया चलाईरहेको छ, यही कारण २०१६ पछी मलेसियाले नयाँ विदेशी कामदार लिन बन्द समेत गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स