मलेसियाले २६ सय नेपाली कामदारलाई नेपाल फिर्ता गर्यो
मलेसियाले अवैधानिक रुपमा बसिरहेको अभियोगमा २६ सय नेपाली कामदारलाई स्वदेश फिर्ता पठाएको छ । मलेसियाले बिगत ४ महिनादेखि हालसम्म २६ सय नेपालीलाई पक्राउ गर्दै घर पठाइएको हो ।
अवैधानिक कामदारहरुलाई मात्र मलेसियाले पक्राउ गरी आ-आफ्नो देश फिर्ता पठाएको हो । मलेसियाले गत फेब्रुअरीदेखि अवैध कामदारलाई वैधानिक हुन अवसर समेत दिएको थियो । तर, आफूलाई वैध बनाउन अटेर गरेकाहरुलाई पक्राउ गर्दै मलेसियाले फिर्ता पठाइरहेको हो ।
यसरी मलेसियाबाट चार महिनायता ४० हजार विदेशी कामदार निष्काशित भइसकेका छन् । जसमा सबैभन्दा बढी इन्डोनेसियन रहेका छन्, मलेसियाले २० हजार इन्डोनेसियनहरुलाई फिर्ता पठाएको छ त्यस्तै ४९ सय बर्मेली, ३९ सय बंगलादेशी, २७ सय भारतीय कामदारलाई मलेसियाले फिर्ता पठाएको छ ।
अहिले मलेसियामा सरकारले पुनः दर्ता र डिपोर्टको प्रक्रिया चलाईरहेको छ, यही कारण २०१६ पछी मलेसियाले नयाँ विदेशी कामदार लिन बन्द समेत गरेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
