यसरी पक्राउ परे नक्कली इन्जिनियर
इन्जिनियरको नक्कली प्रमाणपत्र बनाई नेपाल इन्जिनियरिङ परिषदमा दर्ता गराई केही इन्जिनियरहरुले काम गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको अनुसन्धान टोलीले शुक्रबार थप २ जना नक्कली इन्जिनियरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गोरखा, गोरखा नगरपालिका–९ का २९ बर्षीय सन्देश घिमिरे र गोरखा खोप्लाङ गाबिस–२ का २९ वर्षीय श्रीराम आचार्य रहेका छन् ।
ललितपुर उपमहानगरपालिका–१८ गाबहालस्थित कम्प्यूटर डिजाईनर कार्यालयमा महाशाखाले बैशाख १४ गते छापा मारी नक्कली कागजात तयार पार्ने व्यक्ति तथा उक्त कागजातहरुको प्रमाणित प्रतिलिपि प्रयोग गरी नेपाल ईन्जिनियरिङ परिषदमा दर्ता गराउने व्यक्ति एवं केही नक्कली इन्जिनियरहरु समेतलाई पक्राउ गरेकोमा थप अनुसन्धान गर्ने क्रममा उनीहरु २ जना पक्राउ परेका हुन ।
उनीहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाएको र यस सम्बन्धमा थप अनुसन्धान कार्य समेत जारी रहेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

