नेपाली काग्रेसका सांसदहरुले तत्काल बर्तमान सरकारको विकल्प खोज्न माग गरेका छन । उनीहरुले यो सरकारलाई विस्थापित गरेर सकेसम्म आफ्नै नेतृत्वमा नभए एमाओवादीको नेतृत्वमा सरकार गठन गर्न तत्काल पहल थाल्नु पर्ने सुझाव नेतृत्वलाई दिए ।
आज बसेको संसदीय दलको बैठकमा संसदहरुले मधेश समस्याको समाधान, संविधानको कार्यान्वयन र भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणको कामलाई तिब्रता दिन पनि काग्रेसले सरकारको विकल्प खोज्नु पर्ने बताएका हुन ।
बैठकमा अधिकांश सदस्यहरुले अहिलेको सरकारलाई अब निरन्तरता दिइरहन नहुने तर्क गर्दै सबैभन्दा ठूलो दलको नाताले कि त काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने नभए एमाओवादीको नेतृत्वमा सरकार गठनका लागि छलफल चलाउनुपर्ने धारणा राखेका हुन ।
विमलेन्द्र नीधिले सरकारको विकल्प नखोजे मधेश समस्या थाँती रहने र संविधानको कार्यान्वयन पनि अलपत्र पर्ने भन्दै सबैभन्दा ठूलो दलका नाताले त्यसको अपजस काँग्रेसले पनि लिनुपर्ने भएकाले तत्काल सरकारको विकल्प खोज्नुपर्ने धारणा राखेका थिए ।
नीधिका अनुसार अधिकांश सदस्यहरुले पुनर्निमाणको काममा भएको ढिलासुस्ती, न्यायालयमा गर्न खोजेको राजनीतिकरण, महिनौंदेखि मौलाएको कालोबजारी लगायतलाई आधार मानेर सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने धारणा राखेको जानकारी दिए ।
काग्रेस सांसद भन्छन,‘ तत्काल केपी ओलीको विकल्प खोजौ’
काग्रेस सांसद भन्छन,‘ तत्काल केपी ओलीको विकल्प खोजौ’

तपाईको प्रतिक्रिया