आफ्नो नेतृत्वलाई समर्थन नगरे एमाओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने
जानकारी केन्द्र
२०७३, बैशाख, २३
आफ्नो नेतृत्वमा सहमतिको सरकार बनाउने निर्णय गरेको एकीकृत नेकपा माओवादीले अन्तिम पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम पटक आफ्नो नेतृत्वको सरकार निर्माणमा समर्थन गर्न अन्तिम पटक आग्रह गर्ने भएको छ ।
एमाओवादीको आज बसेको स्थायी समितिको बैठकले आज अन्तिम पटक प्रधानमन्त्री ओलीलाई आफ्नो नेतृत्वमा समर्थन गर्न आग्रह गर्ने तर समर्थन नगरे भोली सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नो नेतृत्वमा सरकार गठनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । समर्थन फिर्ता लिने औपचारिक निर्णय गर्न भोली पुनः स्थायी समितिको बैठक बस्ने छ ।
बैठकले प्रधानमन्त्रीसँग समर्थनको लागि छलफल गराउने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ । त्यसैगरी बैठकले सकेसम्म एमालेसहितको सहमतिको सरकार निर्माणमा पहल गर्ने तर एमालेले समर्थन नगरे बहुमतको सरकार गठनकोलागि पहल थाल्ने निर्णय पनि गरेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

