• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १९ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १९ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २१ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २२ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?

  • २. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ३. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ४. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ५. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ६. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

आन्दोलनले मधेश र पहाडका समुदायमा विभाजन नआएको दावि

admin २०७३, बैशाख, २३

तराई मधेश आन्दोलनले पहाड र मधेशका समुदाय बिचमा कुनै विभाजन नआएको आन्दोलनमा सहभागी राजनीतिक दलका प्रतिनिधी र पर्साका नागरिकले बताएका छन । गत वर्ष ५ महिना भन्दा लामो आन्दोलनमा विभिन्न पक्षबाट सहभागिता जनाएका राजनीतिक र संस्थाका प्रतिनिधी र बन्द हडतालको मारमा परेका सर्वसाधारणले आन्दोलनले पहाड र तराई मधेशका बिच उत्पन्न असमझदारी हटेको बताएका हुन ।

राष्ट्रिय एकता र सामुहिक विकासमा आफुहरु प्रतिवद्ध रहेको बताउदै सहभागिले देशका समुदायको एकताका लागि सांस्कृतिक, आर्थिक र सामाजिक उपलब्धी र बिशेषता साटासाट गर्न आवश्यक रहेको बताएका थिए । कार्यक्रमले तराई मधेशबाट विद्र्यार्थीलाई पहाड र हिमालमा र हिमाल र पहाडका बिद्र्यार्थीलाई तराई मधेशमा अध्ययनका लागि पठाउने योजनाका बिषयमा प्रकृया थालनी गर्ने निर्णय गरेको छ ।

नेपालको शान्ति प्रकृयामा सुरुवातबाटै सक्रिय द्धन्द समाधान विज्ञ जोन बि क्रक विश्व बिद्यालयका निर्देशक डाक्टर डि एकर र कार्यक्रम अधिकृत डानियल ओर्थले सहभागीको मनोविज्ञान र आन्दोलनको दिर्घकालिन असरका बिषयमा ब्यवहारिक ज्ञानको जानकारी गराएका थिए । तराई मधेश आन्दोलन पछिको आर्थिक अवस्था, सामाजिक र भौगोलिक सदभाव र सम्भावित चलखेलका बिषयमा छलफल भएको हो ।

कार्यक्रमका सहभागीले आन्दोलनमा भुगोलको मात्र नभई ब्यक्ति ब्यक्तिलाई दैनिकीमा पर्ने समस्या सम्बोधन संविधानबाटै हुनुपर्ने मागका लागि आन्दोलन भएको बताएको थिए । उनीहरुले राज्यको समान ब्यवहार र साधनस्रोतमा समान अधिकारको सुनिश्चतताका लागि समेत आन्दोलन भएको बताएका थिए ।

डाक्टर एकरले आन्दोलनका अवधिमा भएका घटनाको दिर्घकालिन मानसिक असर समेत रहने भएकाले आन्दोलनपछिको आर्थिक र सामाजिक समिक्षा अनिबार्य भएको बताईन । उनका अनुसार आन्दोलनमा ज्यान गुमाएको परिवार, आश्रित परिवार र अल्पकालिन पीडित भएको भुगोलका बासिन्दाका बिषयमा राज्यले यथोचित कदम समयमै चाल्न जरुरी हुन्छ ।

सानो पाइलाका संस्थापक कञ्चन झाले पाँच महिना लामो आन्दोलनको समिक्षा र सहभागीको निश्कर्षका बिषयमा सर्वसाधारणसँग नै छलफल .गर्न आवश्यक देखेर कार्यक्रम तयार भएको बताए । उनले कार्यक्रममा दुबै समुहलाई एकै समुहमा राखेर समिक्षा र अगाडीको बाटोका बिषयमा निर्णय गर्ने अधिकार दिईएको थियो । “शान्ति र अहिंसाको बाटोबाट कसैको मानवअधिकार हनन नगरी आफ्ना माग सम्बोधन गराउन सक्ने मार्गहरु छन, हामी सहभागीबाटै त्यो बाटो पहिचान गर्न तत्पर छौ,” झाले भने ।

२०७२ सालको मधेस संघर्षको कारण त्यसबाट खोजिएका लक्ष्य, र हालसम्मका उपलब्धि देखि यस संघर्षको रणनीति सफल वा असफल तथा आगामी अवसरहरुको बारेमा छलफल गर्न कार्यक्रम आयोजना भएको सञ्चार प्रमुख सुविर घोषले बताए । उनले गौर र जनकपुरमा समेत यस्तै कार्यक्रमको आयोजना हुनेछ ।तराई मधेशका तीन जिल्ला सदरमुकामका कार्यक्रम पछि देशको एकता, राष्ट्रियता र समुदायको भावनाका बिषयमा सचेत र सजग रहेर घोषण पत्र जारी हुने बताए ।

समुदायको विकासमा सकृय संस्था सानो पाइलाले पहिलो श्रृखला अन्र्तगत बुधबार पर्साका आन्दोलनमा सहभागी प्रतिनिधी र सर्वसाधारणलाई एकैठाँउमा राखेर आन्दोलनले सिकाएको पाठ र पत्ता लागेका नयाँ मार्गका बिषयमा सामुहिक बहस र कार्यशाला आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.