संघीय गठबन्धनले भोलिदेखि राजधानीकेन्द्रित आन्दोलन थाल्ने
संघीय गठबन्धनले शनिबारदेखि राजधानीकेन्द्रित आन्दोलन थाल्ने घोषणा गरेको छ । शुक्रबार संघीय समाजवादी फोरम मूख्यालय तीनकुनेमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले यसको घोषणा गरेका हुन ।
उनले ३६ पटक वार्ता गरेको तर सरकार ३६ मिलिमिटर पनि संवेदनशील भएर अघि नबढेको आरोप लगाउँदै त्यसै कारण आफूहरु आन्दोलनमा जान बाध्य भएको दावी गरे ।
यादवल अब वार्ता नभई आन्दोलनबाट मात्रै निकास आउने दावी गर्दै सरकारलाई वार्तावरोधी भएको आरोप लगाए ।
उनले आफूहरुको आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण तथा अहिंसात्मक हुने स्पष्टपार्दै सरकारको तर्फबाट विगतका आन्दोलनहरूमा जस्तै यसलाई हिंसात्मक मोड दिने सम्भावनाबारे आफूहरु सचेत भएको बताए ।
पत्रकार सम्मेलनमा जारी बक्तब्यमा भनिएको छ,‘सरकारले जनताको आन्दोलनमाथि दमन गरी बल प्रयोग गरेमा यसका कारण देशमा दिर्घकालीन सङ्घर्ष र गृहयुद्धको स्थिति सृजना हुन सक्दछ । त्यस्तो स्थिति उत्पन्न भएमा यस्को सम्पूर्ण जिम्मेवारी सरकारकै हुने कुरा हामी चेतावनी दिन चाहन्छौं ।’
गठबन्धनले शनिबार अपराह्न ३ बजे रत्नपार्क शान्तिबाटिकाबाट प्रदर्शन थाल्ने निर्णय गरेको छ । त्यस्तै आइतबारदेखि हरेक दिन सिंहदरबार घेराऊ राखेको छ । गठबन्धनले कालाबजारीया, भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने, सुलभ ढंगले डिजेल, पेट्रोल र ग्यास उपलब्ध गराउनपर्ने, भूकम्प पीडितलाई पुनर्स्थापना गराउनुपर्ने, यसअघि आन्दोलनकारीहरूसग गरिएका सम्झौता लागु गराउनुपने माग गरेको छ ।
२७ दलीय गठबन्धनमा एमाओवादी स्थायी समिति सदस्य गोपाल किराती संयोजक रहेको किरात राज्य सङ्घर्ष समिति, र राष्ट्रिय दलित मुक्ति आन्दोलन थपिएका छन् ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

