• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ असार २०८३, मङ्गलबार
१६ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ६ घण्टा 

विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश
  • ७ घण्टा 

आज यी स्थानमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा 

२०८३ असार १७ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
  • २० घण्टा 

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
  • २० घण्टा 

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण
  • २२ घण्टा 

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट
  • २२ घण्टा 

तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

  • २. ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

  • ३. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

  • ४. २०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

  • ६. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

  • ८. छोराको कुटपिटबाट आफ्नै आमाको निधन

  • ९. सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

  • १०. ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

महोत्तरीमा कहालीलाग्दो महिला हिँसा, अभियानहरु अप्रभावकारी

जानकारी केन्द्र २०८१, पुष, ८

महोत्तरी । मुलुकभर १६ दिने महिला हिंसा विरुद्धको विभिन्न कार्यक्रम सम्पन्न भैइसकेको छ । जिल्लास्थित समन्वय समितिको कार्यालय र स्थानिय तहहरुले  हिंसा न्यूनीकरणको लागि आफ्-आफ्ना नारा वनाएर अभियान चलाए  तर जिल्लागत तथ्यांकहरु हेर्दा महिलामाथी हुने हिंसामा थप वृद्धि हुँदै गएको देखिएको छ ।

यस्तै भयावह अवस्था वनेको छ  महोत्तरी । जिल्लाको अघिल्लो बर्षहरुको तुलनामा वढदै गईरहेको घरेलु हिंसा, सामाजिक हिंसा, वलत्कार प्रयासका घटना र आत्महत्याको दरले स्थानिय तहहरुले अहिले चलाएको महिला अभियानमाथी थुप्रै प्रश्नहरु उठेका छन । आर्थिक बर्ष २०७८/७९, २०८०/८१ र २०८१/८२ को तथ्यांकअनुसार बार्षिक १० देखि २० प्रतिशतले महिला हिंसाका घटनाहरु बढेका छन ।

जिल्ला प्रहरी कार्यालयको महिला सेलले उपलब्ध गराएको तथ्यांकअनुसार  चालू आर्थिक बर्ष २०८१/८२ मा अहिलेसम्म नै २८४ वटा घरेलु हिंसाका उजुरी परेका छन । महिला जागरण तथा हिंसा न्यूनीकरणको लागि स्थानिय सरकारहरुले चलाएका सवै प्रकारका अभियान अप्रभावकारी वनिरहेको छ भन्ने अघिल्ला  आर्थिक बर्षहरुका संख्यालाई हेर्दा मात्र पनि प्रमाणित हुन्छ ।

आर्थिक बर्ष २०७८/७९ को तथ्यांकलाई हेर्ने हो भने बाहिर आएका महिला हिंसाका घटनाहरु ५०२ वटा छन । २०७९/८० मा यो संख्या बढेर ५६६ पुगेको छ भने २०८०/८१ मा अझ यो संख्या वढेर ६९४ पुगेको छ । आर्थिक बर्ष २०८१/२०८२ सकिन ८ महिना वाकी रहदा नै घरेलु हिंसाका २५९ वटा उजुरी परिसकेका छन । आर्थिक बर्षको अन्त्यसम्म अहिलेसम्म कै सवैभन्दा बढी रेकर्ड वन्न सक्ने प्रहरीको अनुमान छ ।

त्यस्तै महिला सम्बन्धी सामाजिक हिंसाकाका ठाडो उजुरीलाई आकलन गर्दा स्थिति निक्कै भयावह छ । आर्थिक बर्ष २०७८/७९ देखि  चालु २०८१/८२ सम्म १३०७ वटा त सामाजिक हिंसाका उजुरी परेका छन यसमध्ये कतिपय अझै फर्स्यौट गर्न वाकी देखिएको छ ।

यो चालू आर्थिक बर्षमा परेका १७४ वटा उजुरी मध्ये ७६ वटा मात्र फर्स्यौट भएका छन भने ९८ वटा वाकी छन । पुरातन संस्कार र अन्धविश्वासका कारण पनि जिल्लामा महिला वालवालिकाहरुमा  वेवास्ता हुने गरेको देखिएको छ । हराएका वालिकाहरुको खोजी नगर्ने र कतिपय घरमा हुने विभेदले घर नै छाडनुपरेको तथ्यांकले देखाउछ ।

पछिल्लो ३ बर्षको अवधीमा अहिलेसम्म जिल्लामा ४३३ जना वालिकाहरु वेपत्ता भएका छन जस्को मुख्य कारक घरेलु विभेद र अत्याचार भएको जानकारहरु वताउछन । त्यसमध्ये २४२ जना मात्र भेटिएका छन भने वाकी अझै वेपत्ता अवस्थामा छन । यसरी वेपत्ता वन्नेको संख्या हरेक बर्ष बढदै गएको देखिन्छ । चालू आर्थिक बर्षको यो अवधीसम्म आईपुग्दा २० जना वालिका र ८ जना महिला वेपत्ता वनिसकेका छन ।

२०८० सालदेखी २०८२ सम्म महिलाहरुको आत्महत्या दर समेत निक्कै काहालीलाग्दो छ । समाजसास्त्रीहरुको अनुसार घरेलु तथा सामाजिक हिंसाका कारण होस या छोरीहरुमा हुने विभेदका कारण होस मानसिक रोग सिकार भएपछी आत्महत्याको वाटो रोज्ने गर्दछन ।

महोत्तरीमा महिला आत्महत्याका संख्या हेर्दा पछिल्लो समय यस्तै अवस्था देखिएको छ । पुरुषको तुलनामा महिलाहरुले गर्ने कतिपय आत्महत्या मानसिकरुपमा समस्या भएतापनी धेरैजसो दुरुत्साहन नै भएको स्थानियहरु वताउछन ।

पछिल्लो असार देखि कात्तिकसम्म मात्र ४३ जनाले आत्महत्या गरेका छन । जसमध्ये २१ जना महिला छन । त्यस्तै आर्थिक बर्ष २०८०/८१ मा पनि आत्महत्या गर्ने महिलाहरु संख्या उच्च छ । जम्मा १३२ जनाको आत्महत्यामा ६० जना महिलाहरुले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ ।

डोमिनिकल गणतन्त्रका ३ दीदीबहिनी पेट्रीया, मिनर्भा र मारियालाई महिला जागरण र हिंसाविरुद्धको आवाज उठाउदा तत्कालिन त्रुजिलो सरकारले निर्ममतापुर्वक मारेको दिनकोरुपमा महिला हिंसा मनाईदै आएको छ तर मनाउने तर समस्या पहिचान गर्न नसक्दा थप समस्याहरु वढदै गएका छन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश
आज यी स्थानमा भारी वर्षाको सम्भावना

ताजा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश

आज यी स्थानमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.