नेपालले ६१ बर्षपछी कोलकोत्ता बन्दरगाहको विकल्प भेट्यो
नेपालका आयातकर्ता व्यापारी, उद्योगीले वर्षौदेखि गर्दै आएको कोलकात्ता बन्दरगाहको विकल्पको खोजि पूरा भएको खबर छ |
कोलकोत्तादेखि १ सय ७ किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक र्याक (८० कन्टेनर) को एक खेव वीरगन्ज सिर्सयास्थित सुख्खा बन्दरगाह आइपुगेको छ ।
भारतसँग नेपालले गरेको सन् १९५० को सन्धी अनुसार भारतले प्रयोग गर्न दिएको एक मात्र आश्रित नेपालको तेस्रो मुलुकको व्यापारका लागि ६१ वर्षपछि थप अर्को बन्दरगाह प्रयोगमा आएको छ । नेपालको तेस्रो मुलुकको व्यापारका लागि ६१ वर्षपछि थप अर्को बन्दरगाह प्रयोगमा आएको हो ।
हल्दिया बन्दरगाह प्रयोगको लागि नेपाल र भारतबीच सैद्धान्तिक सहमतिपछि सरकारी तहमा अनेक चरणको औपचारिकता पूरा गर्न चार बर्ष लाग्यो। यो बन्दरगाह नाका नेपाली व्यपारको लागि भारतले खुला गरेपनि प्रयोगमा आउन सकेको थिएन।
कोलकतामा ३ सय कन्टेनर बोक्ने जहाज मात्र आउन सक्छ भने हल्दियामा ५ सय कन्टेनर बोक्ने जहाज आउने गरेका छन् । व्यपारीहरुका अनुसार यो बन्दरगाहाबाट आउने समान कोलकताबाट ल्याए भन्दा सस्तो पर्ने गरेको छ ।
नागरिक बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

