• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु
  • १० घण्टा 

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
  • १२ घण्टा 

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु
  • १२ घण्टा 

दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत
  • १३ घण्टा 

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २१ घण्टा 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • १ दिन 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • २ दिन 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ३. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ५. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ६. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ७. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • ८. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

  • ९. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • १०. नवनिर्वाचित सांसदद्धारा शपथ ग्रहण सम्पन्न

कृषक सशक्तिकरण कार्यक्रम मार्फत् दिगो कृषिको प्रवर्द्धन गर्दै एनडीपीएल

जानकारी केन्द्र २०८१, पुष, २१

विराटनगर/सर्लाही। नेपाल डिस्टिलरीज प्रा.लि.(एनडीपीएल)ले एक बृहत् क्षमता अभिवृद्धि तालिम कार्यक्रम मार्फत् सीमान्तकृत उखु किसानहरूलाई सशक्तिकरण गरेर दिगो विकास प्रतिको आफ्नो प्रतिबद्धता प्रदर्शन गर्न निरन्तर क्रियाशील छ। गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमा कृषिको महत्त्वपूर्ण भूमिकालाई आत्मसात गर्दै एनडीपीएल आफ्नो सेवाक्षेत्र भित्रका समुदायहरूमा कृषि प्रविधिको ज्ञान विस्तार र प्रयोगमा अभ्यस्त बनाउन क्रियाशील रहेको छ ।

किसानहरूलाई उत्पादकत्व र लचिलोपन सुधार गर्न दिगो कृषि प्रविधिहरूको ज्ञानको विकास गर्ने उद्देश्यले २०८१ मंसिर १० र ११ गते एनडीपीएलले विराटनगर र सर्लाहीको लालवन्दीमा क्षमता अभिवृद्धि तालिम कार्यक्रम आयोजना गरेको थियो । विराटनगरमा सञ्चालित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेश योजना आयोगका सदस्य, विराटनगर महानगरपालिकाका मेयरलगायत स्थानीय नेता तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति भएको थियो । त्यसै गरी लालवन्दीमा भएको कार्यक्रममा लालवन्दी नगरपालिकाका मेयरलगायत स्थानीय नेता तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति भएको थियो ।

कार्यक्रममा सहभागीहरुले स्थानीय कृषकहरूका समस्या तथा चुनौतीहरू सामना गर्न आवश्यक सहयोग एवं यस प्रकारका क्षमता अभिवृद्धि तालिम प्रभावकारी हुनेतर्फ जोड दिएका थिए । उपस्थित प्रमुख व्यक्तित्वहरुले एनडीपीएलले गरेको पहलहरूको मुक्तकण्ठले प्रशंसा गरेका थिए। कार्यक्रमलाई किसानहरूले आफ्नो कृषि प्रविधिलाई सुधार गर्ने अवसरको रूपमा लिँदै सक्रिय रूपमा सहभागिता जनाएका थिए।

तालिममा सहभागी ८० जना कृषकहरूलाई कृषि उत्पादकत्व र लचिलोपन सुधार गर्न आवश्यक सीप र ज्ञान हासिल गर्ने अपेक्षा राखिएको छ । यस कार्यक्रमले दिगो खाद्य उत्पादन प्रणाली र लचिलो कृषि प्रविधिहरूमा जोड दिँदै किसानहरूलाई वातावरणीय रूपमा स्वस्थ र जलवायुमैत्री अभ्यासहरू अपनाउन सशक्त बनाएको थियो। यस पहलले एनडीपीएलको स्थानीय समुदायहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन र दिगो विकासप्रतिको प्रतिबद्धताबारे चेतना बढाउन भूमिका खेल्ने विश्वास गरिएको छ।

यस्ता कार्यक्रम मार्फत् एनडीपीएलले सुधारिएको कृषि अभ्यासलाई प्रवर्द्धन गर्ने, आय वृद्धि गर्ने र सामुदायिक लचिलोपनलाई सुदृढ बनाउने लक्ष्य राखेको छ। थप उत्पादनशील र दिगो कृषि प्रणालीहरू निर्माण गरेर एनडीपीएलले हरेक किसानहरूको जीविकोपार्जनमा योगदान दिँदै दीर्घकालीन खाद्य सुरक्षाको क्षेत्रसँगै नेपालका केही कमजोर समुदायहरूमा गरिबी न्यूनीकरणमा समेत योगदान दिइरहेको छ।

नेपाल डिस्टिलरीज प्रा.लि.

नेपाल डिस्टिलरीज प्रा.लि. नेपालमा मादक पेय पदार्थको एक अग्रणी उत्पादक हो जो आफ्नो प्रमुख ब्रान्ड खुकुरी रमका लागि प्रख्यात छ। कम्पनी आफ्नो दिगो विकास लक्ष्यहरूको एक अंशको रूपमा स्थानीय समुदायहरूको उत्थान र राष्ट्रको समग्र कल्याणमा योगदान गर्न सक्रिय रूपमा संलग्न रहन प्रतिबद्ध छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु
शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

ताजा

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.